कार्तिक २५, २०८३ बुधबार November 11, 2026

कोदो प्रवर्द्धनका लागि राष्ट्रिय कोदो दिवसः कृषिमन्त्री अधिकारी

कोदो उत्पादनका लागि रासायनिक मल प्रयोग गर्नुनपर्ने उल्लेख

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

पाटन (ललितपुर), १६ साउनः कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले कोदोको प्रवर्द्धनका लागि प्रथम राष्ट्रिय कोदो दिवस घोषणा गरी मनाउन सुरुवात गरिएको बताउनुभएको छ ।

नेपाली कांग्रेसको व्यावसायिक सीप विकास विभागको आयोजना पार्टीको केन्द्रीय कार्यालयमा आज आयोजित प्रथम राष्ट्रिय कोदो दिवस कार्यक्रममा उहाँले पहिले गरिबले खाने भनेर चिनिएको कोदो अहिले धनीको खानामा परिणत भएको बताउनुभयो । उहाँले भन्नुभयो, “धनीले खाने भनेर चिनिएको धान दिवस मनाउन हुने तर गरिबले खाने भनिएको कोदो दिवस किन नमनाउने भनेर राष्ट्रिय कोदो दिवस मनाउने निर्णय सरकारले गरेको हो ।”

उहाँले कोदो उत्पादनका लागि रासायनिक मल प्रयोग गर्नुनपर्ने उल्लेख गर्नुभएको छ । मन्त्री अधिकारीले कोदोको परिकार स्वास्थ्यका लागि लाभदायक रहेको बताउनुभयो । उहाँले हिमालमा पाइने याकको संरक्षणका लागि याक दिवस र पहाडमा पाइने कोदोको प्रवर्द्धनका लागि कोदो दिवसको सुरुआत गरेको बताउँदै नेपाली कांग्रेसको नेतृत्वमा भएको असल अभ्यासका रूपमा यी दुवै कार्यहरूको पहिचान कायम रहने धारणा राख्नुभयो ।

पार्टीका केन्द्रीय कोषाध्यक्ष उमेश श्रेष्ठले ६५ प्रतिशतभन्दा बढी न्यून आय भएका नागरिक कृषि पेसामा सहभागी भएकाले कृषि क्षेत्रमा धेरै सम्भावना भएको बताउनुभयो । विभागका संयोजक डा गङ्गालक्ष्मी अवालले कृषि क्षेत्रको समुचित विकास, आधुनिकीकरण र व्यावसायिक विकास नै देशको आर्थिक समृद्धिको आधार भएको बताउनुभयो । उहाँले कृषि व्यवसायमा निर्भर रहेका अन्नदाता किसानको सम्मान गर्न सक्नुपर्नेमा जोड दिनुभयो । ‘कोदोका लागि भविष्य, भविष्यका लागि कोदो’ भन्ने नाराका साथ यस वर्षको कोदो दिवस मनाइएको हो । यसअघि साउन १५ गते कोदो दिवस मनाउँदै आइएको थियो । यसवर्ष सरकारले प्रथम राष्ट्रिय कोदो दिवस भनेर साउन १६ गते मनाउने घोषणा गरेको हो । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
विश्वासको मत लिन मधेसका मुख्यमन्त्री यादवले बोलाए प्रदेशसभा बैठक
२०८३ कार्तिक २५, बुधबार
रुसका लागि जासुसी गरेको आरोपमा बेलायतमा अमेरिकी सैनिक पक्राउ
२०८३ कार्तिक २५, बुधबार
भैयादुज मनाउँदै मैथिल, दाजुभाइको दीर्घायु र कल्याणको कामना
२०८३ कार्तिक २५, बुधबार
अमेरिकी रक्षामन्त्री हेग्सेथमाथि महाभियोग लगाउने प्रयास विफल
२०८३ कार्तिक २५, बुधबार
‘सरकारी कामकाजको भाषा सम्बन्धमा व्यवस्था गर्न बनेको ऐन कार्यान्वयनमा’
२०८३ कार्तिक २५, बुधबार
बन्दैछ गच्छे-भालुबाङ सडकः १२० किमीको घुमाउरो यात्रा अब ७३ किलोमिटरमा झर्दै
२०८३ कार्तिक २५, बुधबार
घाम लागिरहेको काठमाडौंमा अचानक वर्षा र असिना, जनजीवन प्रभावित
२०८३ कार्तिक २५, बुधबार