भाद्र ५, २०८३ शुक्रबार August 21, 2026

अब सवारी चालक अनुमतिपत्र १० वर्षसम्म मान्य हुने

सवारी लाइसेन्सको अवधि अब १० वर्ष

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं, साउन १७ ।अब सवारी चालक अनुमतिपत्र (लाइसेन्स) १० वर्षसम्म बहाल रहने भएको छ। सरकारले केही नेपाल ऐन संशोधन गर्न बनेको विधेयक राजपत्रमा प्रकाशित गरेसँगै सवारी तथा यातायात व्यवस्था ऐन २०४९ मा महत्त्वपूर्ण संशोधन गरिएको हो।

संशोधित कानुनी व्यवस्थाअनुसार, ऐनको दफा ५४ को उपदफा ३ मा रहेको लाइसेन्सको बहाल अवधि ५ वर्षबाट बढाएर १० वर्ष कायम गरिएको छ। यस्तै, नवीकरण गरिएपछि मान्य हुने अवधि पनि अब १० वर्ष हुनेछ। यसअघि नवीकरणपछि लाइसेन्सको मान्यता अवधि ५ वर्ष मात्र रहने प्रावधान थियो।

सरकारले ल्याएको नयाँ व्यवस्थाले चालकहरूको समय र झन्झट कम हुने, सेवा प्रक्रियामा दीर्घकालीन स्थायित्व आउने र प्रशासनिक कामकाज सहज हुने विश्वास लिइएको छ। साथै, सवारी जाँचपास तथा प्रदूषण परीक्षण केन्द्र सञ्चालनमा निजी क्षेत्रलाई समेत अनुमति दिने प्रावधान गरिएको छ। यसले सेवा विस्तार र दक्ष परीक्षण प्रणाली विकासमा सहयोग पुर्‍याउने अपेक्षा गरिएको छ।

सरकारको यो निर्णय लागू भएसँगै सवारी चालक अनुमतिपत्र सम्बन्धी सेवा प्रक्रियामा दीर्घकालीन सुधार आउने र प्रयोगकर्ताहरूलाई राहत पुग्ने जनाइएको छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
सोमालियाका बालबालिका सहायता कटौतीबाट गम्भीररूपमा प्रभावितः संयुक्त राष्ट्रसङ्घ
२०८३ भाद्र ६, शनिबार
इरानका लागि युद्ध अन्त्य गर्न अनुकुल समय आएको छः इरानी राष्ट्रपति
२०८३ भाद्र ५, शुक्रबार
टी ट्वान्टी क्रिकेटः नर्दन टेरिटोरी स्ट्राइकसँग नेपाल ‘ए’ पराजित
२०८३ भाद्र ५, शुक्रबार
सवारी दुर्घटनामा दुई जनाको मृत्यु
२०८३ भाद्र ५, शुक्रबार
निजामती कर्मचारीका लागि आइतबारदेखि विशेष ओपिडी
२०८३ भाद्र ५, शुक्रबार
‘आध्यात्मिक शिक्षाले मानिसलाई स्वस्थ र अनुशासित बनाउँछ’:महामन्त्री
२०८३ भाद्र ५, शुक्रबार
निःशुल्क औषधिको उपलब्धता सुनिश्चित गर्न स्वास्थ्य मन्त्रालयको परिपत्र
२०८३ भाद्र ५, शुक्रबार