कार्तिक २५, २०८३ बुधबार November 11, 2026

पूर्वराष्ट्रपति यादवद्वारा ‘तारापति स्मृतिग्रन्थ’ विमोचन

यस्ता कृति इतिहास बुझ्न चाहनेका लागि दस्ताबेजका रूपमा उपयोगी हुने धारणा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ
काठमाडौँ, १७ साउनः पूर्वराष्ट्रपति डा रामवरण यादवले ‘तारापति स्मृतिग्रन्थ’ को विमोचन गर्नुभएको छ । तारापति भट्टराई स्मृति प्रतिष्ठान तनहुँद्वारा आज यहाँ आयोजित पुस्तक विमोचन कार्यक्रममा उहाँले यस्ता कृति इतिहास बुझ्न चाहनेका लागि दस्ताबेजका रूपमा उपयोगी हुने धारणा राख्नुभयो ।
पूर्वराष्ट्रपति डा यादवले इतिहास र समाजमा गहिरो छाप छोडेका व्यक्तित्वहरूको योगदान भावी पुस्ताले जान्न जरुरी रहेको बताउँदै भन्नुभयो, “इतिहास बुझ्न र मार्गदर्शनका लागि यस्ता स्मृतिग्रन्थहरू अमूल्य दस्ताबेजका रूपमा रहनेछन् ।”
स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले तारापति भट्टराईको सरल जीवनशैली, सिद्धान्तप्रतिको निष्ठा र जनप्रतिनिधिका रूपमा जनसरोकारप्रतिको समर्पणको चर्चा गर्नुभयो । पूर्वमन्त्री अर्जुनरसिंह केसीले भट्टराईको राजनीतिक यात्रामा पञ्चायतकालीन आन्दोलनमा अग्रणी भूमिका रहेको उल्लेख गर्दै उहाँप्रति श्रद्धाञ्जली अर्पण गर्नुभयो ।
प्रतिष्ठानका अध्यक्ष महेश्वर भट्टराईले स्व तारापति भट्टराईको योगदान, स्मृति संरक्षणको उद्देश्य तथा ग्रन्थ प्रकाशनको पृष्ठभूमिबारे जानकारी दिनुभएको थियो । कार्यक्रमका वक्ताहरूले भट्टराईलाई सादगी, इमान्दारिता र जनतासँगको आत्मीय सम्बन्धका प्रतीकका रूपमा स्मरण गर्नुभयो । उहाँहरूले तनहुँको राजनीतिक, सामाजिक र ऐतिहासिक योगदानलाई पुनःस्मरण गराउने महत्त्वपूर्ण अवसरका रूपमा समारोह रहेको धारणा राख्नुभयो । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
विश्वासको मत लिन मधेसका मुख्यमन्त्री यादवले बोलाए प्रदेशसभा बैठक
२०८३ कार्तिक २५, बुधबार
रुसका लागि जासुसी गरेको आरोपमा बेलायतमा अमेरिकी सैनिक पक्राउ
२०८३ कार्तिक २५, बुधबार
भैयादुज मनाउँदै मैथिल, दाजुभाइको दीर्घायु र कल्याणको कामना
२०८३ कार्तिक २५, बुधबार
अमेरिकी रक्षामन्त्री हेग्सेथमाथि महाभियोग लगाउने प्रयास विफल
२०८३ कार्तिक २५, बुधबार
‘सरकारी कामकाजको भाषा सम्बन्धमा व्यवस्था गर्न बनेको ऐन कार्यान्वयनमा’
२०८३ कार्तिक २५, बुधबार
बन्दैछ गच्छे-भालुबाङ सडकः १२० किमीको घुमाउरो यात्रा अब ७३ किलोमिटरमा झर्दै
२०८३ कार्तिक २५, बुधबार
घाम लागिरहेको काठमाडौंमा अचानक वर्षा र असिना, जनजीवन प्रभावित
२०८३ कार्तिक २५, बुधबार