कार्तिक २५, २०८३ बुधबार November 11, 2026

नेपाल-बंगलादेश व्यापारः एक वर्षमा चार अर्बबढीको आयात

पूर्वीनाका काँकरभिट्टाबाट गत आवमा रु ४२ करोड २४ लाख तीन हजार बराबरको मालसामान बंगलादेश निर्यात

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

भद्रपुर (झापा)। गत आर्थिक वर्ष २०८१/८२ मा पूर्वी नाका काँकडभिट्टा हुँदै बंगलादेशबाट रु चार अर्ब ७२ करोड चार लाख १८ हजार बराबरको मालसामान आयात भएको छ।

नेपाल पारवहन तथा गोदाम व्यवस्था कम्पनी लिमिटेड शाखा कार्यालय काकरभिट्टाका प्रमुख सुवास पाण्डेयका अनुसार बंगलादेशबाट सबैभन्दा बढी रु दुई अर्ब ६५ करोड ८७ लाख ४५ हजार बराबरको अप्रशोधित जुट आयात भएको छ।

यसैगरी रु ३७ करोड १६ लाखको आलु, २१ करोड २० लाखको पेपरका साथै ब्याट्री, पोल्ट्री फिड सप्लिमेन्ट, कस्मेटिक आइटम, हाइड्रोजन प्याराअक्साइड, जुट यार्न, विद्युतीय उपकरण, औषधि, ग्लास, फुड एण्ड वेभरेजलगायत मालसामान आयात भएका उनले जानकारी दिए।

पूर्वीनाका काँकरभिट्टाबाट गत आवमा रु ४२ करोड २४ लाख तीन हजार बराबरको मालसामान बंगलादेश निर्यात भएको कम्पनी प्रमुख पाण्डेयले जानकारी दिए। जसमध्ये मोलास्सेस (खुदो) मात्रै रु ३२ करोड ५६ लाख ७८ हजार बराबरको बंगलादेश निर्यात भएको हो। उनका अनुसार पूर्वी नाका काँकडभिट्टा हुँदै निर्यात हुने अन्य वस्तुमा जडीबुटी, डावर नेपाल प्रोडक्ट, अनिमल फिड, हाउसहोल्ड आर्टिकलस् लगायत रहेका छन्।

कम्पनी प्रमुख पाण्डेयका अनुसार काँकडभिट्टाबाट भारत पश्चिम बंगालको फूलबारी, बंगलादेशको उत्तरी नाका बंगलाबन्ध हुँदै बंगलादेशसँग व्यापार हुँदै आएको छ। बंगलादेशसँगको द्विपक्षीय व्यापार सुरु भएको पछिल्लो २७ वर्षको तथ्यांक अनुसार निर्यात भन्दा आयात बढी रहेको उनले बताए।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
थानीमाई मन्दिरमा एकै दिन भित्रिए ९१ डोली
२०८३ कार्तिक २५, बुधबार
Minister Timilsina calls for global support to rebuild disaster-hit communication infrastructure
२०८३ कार्तिक २५, बुधबार
राष्ट्रपति पौडेलले बहिनी शारदाबाट लगाए भाइटीका
२०८३ कार्तिक २५, बुधबार
ट्रम्पको बिबिसीविरुद्धको मुद्दा अघि बढ्ने
२०८३ कार्तिक २५, बुधबार
Bhai Tika strengthens bonds of love among siblings : PM Shah
२०८३ कार्तिक २५, बुधबार
धार्मिक, सामाजिक र सांस्कृतिक विविधताबीच सद्भाव कायम गर्न फाल्गुनन्दको योगदान : राष्ट्रपति पौडेल
२०८३ कार्तिक २५, बुधबार
विपद्पछिको सञ्चार पूर्वाधार पुनर्निर्माणमा अन्तरराष्ट्रिय सहयोग आवश्यक : सञ्चारमन्त्री डा. तिमिल्सिना
२०८३ कार्तिक २५, बुधबार