काठमाडौं, साउन १८ । राष्ट्रपति रामचन्द्र पौडेलले कोशी प्रदेशका प्रदेश प्रमुख परशुराम खापुङको अनुपस्थितिमा मधेश प्रदेश प्रमुखलाई कोशी प्रदेश प्रमुखको कार्यभार तोक्नुभएको छ।
प्रदेश प्रमुख खापुङ आजदेखि मलेसियामा आयोजना हुने नेपाल आदिवासी जनजाति महासंघ मलेसियाको चौथो अधिवेशनमा प्रमुख अतिथिको रूपमा सहभागी हुन मलेसिया जानुहुने कार्यक्रम रहेको छ।
राष्ट्रपतिले नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिस बमोजिम खापुङको अनुपस्थितिमा कोशी प्रदेश प्रमुखको कार्यभार मधेश प्रदेश प्रमुखलाई तोक्नुभएको हो।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया