मंग्सिर ३, २०८३ बिहिबार November 19, 2026

एन्फा यु–१६ लिगमा पुलिसद्वारा आर्मी क्लब ३–१ ले पराजित

जितसँगै ११ खेलमा १९ अङ्क जोडेको एपिएफ छैटौँ स्थानमा उक्लियो

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौँ । एन्फा यु–१६ लिगमा सोमबार सम्पन्न विभागीय डर्बीमा नेपाल पुलिस क्लबले त्रिभुवन आर्मी क्लबविरुद्ध ३–१ को जित दर्ता गरेको छ ।

जितसँगै ११ खेलमा २८ अङ्क जोडेको पुलिस शीर्ष स्थानमा कायम छ । पराजित आर्मी समान खेलबाट ६ अङ्कका साथ १२औँ स्थानमा छ ।

सातदोबाटोस्थित एन्फा मुख्यालय मैदानमा पुलिसका लागि समीर कुमार, मेसी वीरविक्रम शाह र रोनी वीरविक्रम शाहले गोल गरे । आर्मीका जोयल गुरुङले गोल फर्काए ।

सोमबार नै सम्पन्न अर्को खेलमा एपिएफले प्लानिङ ब्वाइज युनाइटेडलाई ३–० ले पराजित गर्‍यो ।

जितसँगै ११ खेलमा १९ अङ्क जोडेको एपिएफ छैटौँ स्थानमा उक्लिएको छ । पराजित प्लानिङ ब्वाइज समान खेलबाट ६ अङ्कका साथ १३औँ स्थानमा छ ।

सातदोबाटोस्थित एन्फा मुख्यालय मैदानमा एपिएफलाई जित दिलाउन आदर्श मेचेको दुई तथा विपिन छन्त्यालले एक गोल गरे ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
नेपालले जुन ३ मा लर्ड्समा बंगलादेशसँग टी-२० अन्तर्राष्ट्रिय खेल्ने
२०८३ मंग्सिर ४, शुक्रबार
दशौँ राष्ट्रिय खेलकुदमा एक हजार ३३७ पदकका लागि प्रतिस्पर्धा हुने
२०८३ मंग्सिर ३, बिहिबार
चालु आवको तीन महिनाः मुद्रास्फीति ६.३७ प्रतिशत
२०८३ मंग्सिर ३, बिहिबार
पूर्वमुख्यसचिव अर्यालविरुद्ध पक्राउ पुर्जी जारी
२०८३ मंग्सिर ३, बिहिबार
त्रिविको M.Ed. र MSSEd परीक्षाका लागि केन्द्र छनोट गर्न मंसिर ७ सम्मको समय
२०८३ मंग्सिर ३, बिहिबार
विद्येयकमा ‘वेश्यावृत्ति’ शब्द हटाउन सांसदहरूको माग, शोषणसम्बन्धी परिभाषा फराकिलो बनाउन सुझाव
२०८३ मंग्सिर ३, बिहिबार
चितवनलाई ३  विकेटले हराउँदै सुदूरपश्चिम रोयल्स तेस्रो पटक एनपीएलको फाइनलमा
२०८३ मंग्सिर ३, बिहिबार