असार २८, २०८२ शनिबार July 12, 2025

वडाअध्यक्ष मुकुन्द रिजालको पहलमा बन्द रहेको जनमैत्री अस्पताल पुनः सञ्चालनमा आउने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डाैंः हाल बन्द अवस्थामा रहेको काठमाण्डाै‌ंको बालाजुमा रहेको जनमैत्री अस्पताल सञ्चालनमा आउने भएको छ । व्यवस्थापनको कमजोरीका कारण विगत केही वर्षयता बन्द अवस्थामा रहेको अस्पताल पुनः सञ्चालनमा आउने भएको छ । जसअनुसार सरकारले तत्काल कोभिड अस्पतालको रुपमा विकास गर्ने भएको छ ।

शुक्रबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जनमैत्रीसहित तीन अस्पताललाई कोभिड १९ अस्पतालका रुपमा सूचीकृत गरेको बताए । जसमा जनमैत्रीसहित काठमाण्डुकै कान्तिपुर अस्पताल र वीरगञ्जको नेशनल मेडिकल कलेज टिचिङ अस्पतार रहेका छन् ।

हाल बन्द अवस्थामा रहेको जनमैत्री अस्पताललाई कोभिड अस्पतालको रुपमा विकास गर्न काठमाण्डु महानगरपालिका र महानगरपालिकाको वडा नम्बर १६ का अध्यक्ष मुकुन्द रिजालले पहल गरेका थिए । गत साउन २९ मा महानगरपालिकाको तर्फबाट वडा नम्बर १६ का अध्यक्ष मुकुन्द रिजालले अस्पताल व्यवस्थापनलाई पत्राचार गर्दै अस्पताल सञ्चालन गर्न आग्रह गरेका थिए ।

अस्पताल सञ्चालन गर्न आग्रह गर्दै प्रेषित पत्रमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, जिल्ला प्रशासन कार्यालय काठमाण्डुलगायतलाई पनि बोधार्थ गरिएको थियो । महानगरकै पहल र चासोमा सरकारले कोभिड अस्पतालका रुपमा सूचीकृत गरेको हो । अहिले कोभिड अस्पताल हुने र निकट भविष्यमा पूर्णरुपमा अस्पताल सञ्चालनमा आउने रिजालले बताए ।

अत्याधुनिक भवन र ३०० शैया क्षमता भएको अस्पताल सञ्चालनमा आउने भएसँगै बढ्दो कोरोनाभाइरस जोखिम न्यूनीकरणमा सहयोग पुग्ने अध्यक्ष रिजालले विश्वास व्यक्त गरे । कुनै बेला राजधानीको चर्चितमध्ये एक अस्पताल जनमैत्री अहिले प्रयोगविहीन अवस्थामा पुग्दै गर्दा फेरि सञ्चालनमा आउने भएको हो ।

मन्त्रालयले कोरोना उपचारका लागि केन्द्रीय अस्पतालमा एक हजार बेड, प्रादेशिक अस्पतालमा एकहजार नौ सय ५७ र ६४९ पालिकामा हरेकमा ५ बेडका अस्पतालका दरले ३ हजार २४५ वेड थप गरेको समेत छ । मन्त्रालयले यो जनशक्तिसहितको भौतिक पूर्वाधार थप गरेको जनाएको हो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया