काठमाण्डौंः पर्साको वीरगञ्जमा कोरोना संक्रमणबाट थप २ जनाको मृत्यु भएको छ । वीरगञ्ज–१२ बस्ने ४३ वर्षीय पुरुष र वीरगञ्ज–२६ मनियारीका ३७ वर्षीय पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको हो ।
एचआईभी र हेपाटाइटिस बीले ग्रसित ४३ वर्षीय पुरुषको नेशनल मेडिकल कलेजमा उपचार भइरहेको थियो । कोरोना संक्रमण पुष्टि भएपछि शुक्रबार मात्रै उनलाई वीरगञ्ज कोभिड अस्पताल हेल्थ केयरमा ल्याइएको थियो । राति ११ः५५ बजे उनको मृत्यु भएको थियो ।
अर्का ३७ वर्षीय युवकको स्वास्थ्यमा समस्या आएपछि केही दिनदेखि तराई अस्पतालमा उपचार भइरहेको थियो । शुक्रबार दिउँसो कोभिड अस्पताल वीरगञ्ज हेल्थ केयरमा भर्ना गरिएको थियो ।
स्थिति गम्भिर भएपछि तराई अस्पतालकै एम्बुलेन्समा भेन्टिलेटर र क्रिटिकल केयरमा काम गर्ने स्वास्थ्यकर्मीसहित थप उपचारका लागि काठमाडौं रिफर गरिएको थियो । राति ११ः४१ बजे मुग्लिङ पुग्दा उनको मृत्यु भएको बताइएको छ ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया