कार्तिक २९, २०८३ आइतबार November 15, 2026

सप्ताहव्यापी गाईजात्राअन्तर्गत पशुपति क्षेत्रमा रोपाइँजात्रा

पशुपति क्षेत्रका भकुङ्टोल, जयवागेश्वरी र तिलगङ्गाबाट जात्रा निकालिने किम्बदन्ती चल्दै

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौँ, २८ साउनः गाईजात्रा सप्ताहको तेस्रो दिन मङ्गलबार पशुपति क्षेत्रस्थित जयवागेश्वरी मन्दिर परिसरमा रोपाइँजात्रा सम्पन्न भएको छ ।

सप्ताहव्यापी गाईजात्राको तेस्रो दिन अर्थात् भाद्र कृष्ण तृतीयाका दिन प्रत्येक वर्ष पशुपति क्षेत्रको जयवागेश्वरी मन्दिर परिसरमा यो जात्रा हुने गरेको छ । पुरुषले महिलाको भेष धारण गरी खेतालालाई खाजा बाँडेको अभिनय गरिने यो जात्रा हेर्न पशुपति क्षेत्रमा मानिसको घुइँचो हुने गरेको छ ।

यस दिन लोग्ने मानिस एवं केटाकेटीले देउपाटन क्षेत्रमा रोपाइँ गरेको अभिनय गर्दै जात्रा गर्ने गरेको पशुपति क्षेत्र विकास कोषअन्तर्गत अमालकोट कचहरी कार्यालयका द्वारे रामकृष्ण डङ्गोलले जानकारी दिनुभयो । घोडचढी मानिसले जात्रामा रौनकता थप्ने गरेका छन् ।

यो जात्रामा परम्परागत कृषि जीवनको झल्को पाइन्छ । पशुपति क्षेत्रका भकुङ्टोल, जयवागेश्वरी र तिलगङ्गाबाट जात्रा निकालिने किम्बदन्ती चल्दै आएको छ । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
बाँदरको हैरानीले किसान अदुवाखेतीतर्फ आकर्षित
२०८३ कार्तिक २९, आइतबार
सुनसरीमा छठ पर्वका सामग्रीको व्यापार बढ्यो, पूजास्थल तयार
२०८३ कार्तिक २९, आइतबार
छठ महापर्व नेपाली समाजको अद्वितीय सांस्कृतिक अनुष्ठानः उपराष्ट्रपति यादव
२०८३ कार्तिक २९, आइतबार
छठी मैयाको कृपाले सबैको जीवनमा सुख, शान्ति र समृद्धि छाओस् : गगन थापा
२०८३ कार्तिक २९, आइतबार
ट्राफिक नियम उल्लंघन गर्ने ५५७ सवारी चालक ट्राफिक फन्दामा
२०८३ कार्तिक २९, आइतबार
खगोलविज्ञान ओलम्पियाडमा नेपाललाई पहिलो रजतसहित चार पदक
२०८३ कार्तिक २९, आइतबार
पश्चिमी वायुका प्रभावले केही स्थानमा वर्षा र हिमपातको सम्भावना
२०८३ कार्तिक २९, आइतबार