मंग्सिर ३, २०८३ बिहिबार November 19, 2026

बालाबाल जितिएका यी हुन एसिया कप क्रिकेटका ५ राेमाञ्चकारी खेल

एसिया कपको इतिहासमा भारत यस प्रतियोगिताको अहिलेसम्मको सबैभन्दा सफल टोली

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौं, २८ साउन । एसिया कप २०२५ सेप्टेम्बर ९ देखि सुरु हुँदैछ र यस पटकको प्रतियोगिता टी–२० ढाँचामा खेलाइने छ । एसिया कपको इतिहासमा भारत यस प्रतियोगिताको अहिलेसम्मको सबैभन्दा सफल टोली हो।

तर पाकिस्तान, श्रीलंका, बंगलादेश र अफगानिस्तान जस्ता टोलीले यसलाई सहज हुन दिएका छैनन् । यस प्रतियोगिताको इतिहासमा यस्ता धेरै खेल भएका छन्, जसले क्रिकेट फ्यानहरुको मुटुको धडकन निकै ढुकढुकाएको थियो  । उसो भए, अब जानौँ यस्ता ५ ऐतिहासिक र रोमाञ्चक खेलका बारेमा, जसले अन्तिम समयमा आश्चर्यजनक जीत हासिल गरेका थिए ।

भारत बिरूद्द  पाकिस्तान ( एशिया कप २०१०)

एसिया कप २०१० मा भारत र पाकिस्तानबीचको खेल क्रिकेट इतिहासकै सबैभन्दा रोमाञ्चक क्षणहरूमध्ये एक थियो। अन्तिम ओभरमा भारतलाई जितका लागि ३ रन आवश्यक थियो र भारतीय स्पिन बलर हरभजन सिंह स्ट्राइकमा थिए। खेल हातबाट बाहिर गइरहेको देख्दा भज्जीले छक्का प्रहार गर्दै भारतलाई शानदार जित दिलाए । यसपछि हरभजन र शोएब अख्तरबीचको चर्को बहसले माहौललाई थप तातो बनायो ।

पाकिस्तान बिरूद्द बंगलादेश ( फाइनल, एशिया कप २०१२)

एसिया कप २०१२ को फाइनलमा बंगलादेश र पाकिस्तान आमनेसामने भएका थिए। यस खेलमा बंगलादेश जितको निकै नजिक थियो। टोलीले खेलको सुरु देखि नै आफ्नो दबदबा कायम गरेको थियो । तर, अन्तिम समयमा पाकिस्तानले बलियो कमब्याक गर्दै बंगलादेशसँग २ रनले जित खोसेको थियो । यो पराजय बंगलादेश क्रिकेट इतिहासकै सबैभन्दा पीडादायी क्षण बन्यो ।

भारत बिरूद्द पाकिस्तान ( एशिया कप २०१४)

सन् २०१४ को भारत–पाकिस्तान खेल पनि फ्यानका लागि हृदयविदारक थियो । पहिले ब्याटिङ गरेको भारतले २४५ रन बनाएको थियो । अन्तिम ओभरमा पाकिस्तानलाई जितका लागि १० रन आवश्यक थियो। भारतीय कप्तान एमएस धोनीले रविचन्द्रन अश्विनलाई बल दिए तर शाहिद अफ्रिदीले आफ्नो ओभरमा लगातार दुई छक्का प्रहार गर्दै पाकिस्तानलाई १ विकेटले जित दिलाउन सफल भएका थिए।

भारत बिरूद्द अफगानिस्तान ( एशिया कप २०१८ं)

अफगानिस्तानले एसिया कप २०१८ मा भारत विरुद्ध उत्कृष्ट प्रदर्शन गरेको थियो। भारतले पहिले ब्याटिङ गर्दै २५२ रन बनाएको थियो। अफगानिस्तानका ब्याट्सम्यानले खेललाई अन्तिम बलसम्म तान्दै खेल बराबरीमा ल्याएका थिए । यो ड्र भारतका लागि स्तब्ध र अफगानिस्तानका लागि ऐतिहासिक जीत बन्न पुगेको थियो।

पाकिस्तान बिरूद्द अफगानिस्तान (एशिया कप २०२२)

सन २०२२ मा अफगानिस्तानले पाकिस्तानलाई १ सय ३१ रनको मात्र लक्ष्य दिएको थियो तर अफगानिस्तानका बलरहरूले आफ्नो उत्कृष्ट बलिङले अचम्मको काम गरे । पाकिस्तानका ब्याट्सम्यान अन्तिम ओभरसम्म दबाबमा थिए । यस खेलमा पाकिस्तानको जित कठिन देखिएका बेला नसिम शाहले लगातार दुई छक्का प्रहार गर्दै पाकिस्तानलाई १ विकेटले जित दिलाएका थिए ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
नेपालले जुन ३ मा लर्ड्समा बंगलादेशसँग टी-२० अन्तर्राष्ट्रिय खेल्ने
२०८३ मंग्सिर ४, शुक्रबार
दशौँ राष्ट्रिय खेलकुदमा एक हजार ३३७ पदकका लागि प्रतिस्पर्धा हुने
२०८३ मंग्सिर ३, बिहिबार
चालु आवको तीन महिनाः मुद्रास्फीति ६.३७ प्रतिशत
२०८३ मंग्सिर ३, बिहिबार
पूर्वमुख्यसचिव अर्यालविरुद्ध पक्राउ पुर्जी जारी
२०८३ मंग्सिर ३, बिहिबार
त्रिविको M.Ed. र MSSEd परीक्षाका लागि केन्द्र छनोट गर्न मंसिर ७ सम्मको समय
२०८३ मंग्सिर ३, बिहिबार
विद्येयकमा ‘वेश्यावृत्ति’ शब्द हटाउन सांसदहरूको माग, शोषणसम्बन्धी परिभाषा फराकिलो बनाउन सुझाव
२०८३ मंग्सिर ३, बिहिबार
चितवनलाई ३  विकेटले हराउँदै सुदूरपश्चिम रोयल्स तेस्रो पटक एनपीएलको फाइनलमा
२०८३ मंग्सिर ३, बिहिबार