काठमाण्डौंः पाटन अस्पतालमा उपचाररत दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ।
मृत्यु हुनेमा काठमाडौं र भक्तपुरकी दुई महिला रहेको अस्पतालका निर्देशक डा. रवि शाक्यले जानकारी दिएका छन् ।
दुबैजनाको आइसियूमा उपचारको क्रममा मृत्यु भएको हो । काठमाडौंकी महिलाको शुक्रबार राति र भक्तपुरकी महिलाको शनिबार बिहान मृत्यु भएको हो। काठमाडौंकी महिला साउन ३० गते अस्पताल भर्ना भएकी थिइन्।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया