काठमाडौं । प्राइम कमर्सियल बैंकको खुद नाफा गत आर्थिक वर्षमा १४.८ प्रतिशतले वृद्धि भएको छ। बैंकले सार्वजनिक गरेको अपरिस्कृत वित्तीय विवरणअनुसार बैंकको खुद नाफा ३ अर्ब ४७ करोड रुपैयाँबाट बढेर ४ अर्ब २ करोड रुपैयाँ पुगेको हो।
खुद ब्याज आम्दानीमा वृद्धि नै नाफा वृद्धिको प्रमुख कारण बनेको बैंकले जनाएको छ। अघिल्लो आर्थिक वर्षमा ७ अर्ब ८८ करोड रुपैयाँ रहेको खुद ब्याज आम्दानी गत आर्थिक वर्षमा बढेर ८ अर्ब ८२ करोड रुपैयाँ पुगेको छ। त्यस्तै, बैंकको नोक्सानी व्यवस्थापन रकम (इम्पेरिमेन्ट चार्ज) अघिल्लो वर्षको १ अर्ब ६३ करोड रुपैयाँबाट घटेर १ अर्ब ४१ करोड रुपैयाँमा सीमित भएको छ।
गत आर्थिक वर्षमा बैंकको वार्षिक प्रतिसेयर आम्दानी २० रुपैयाँ ७४ पैसा रहेको छ। असार मसान्तसम्म बैंकको वितरणयोग्य नाफा २ अर्ब ७८ करोड रुपैयाँ पुगेको छ भने प्रतिसेयर वितरणयोग्य नाफा १४ रुपैयाँ ३३ पैसा हो। प्रतिसेयर नेटवर्थ १७३ रुपैयाँ रहेको बैंकको अन्तिम सेयर मूल्य २५०.७४ रुपैयाँमा कारोबार भएको छ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया