काठमाण्डाैंः काठमाण्डाैं उपत्यकामा पछिल्लो २४ घण्टामा थप १ सय ८६ जनामा कोरोना संक्रमण पुष्टी भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्राडा. जागेश्वर गौतमले नियमित प्रेस ब्रिफिङका क्रममा दिएको जानकारी अनुसार काठमाण्डाैं, ललितपुर र भक्तपुरमा १ सय ८६ जना कोरोना संक्रमित फेला परेको बताए ।
जसअनुसार काठमाण्डाैंमा १ सय ५५ जना, भक्तपुरमा १२ जना र ललितपुरमा १९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
आजको संक्रमण शुक्रबारको तुलनामा कम हो । हिजो काठमाण्डाैं उपत्यकामा ४ सय १५ जना संक्रमित फेला परेका थिए ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया