कार्तिक २९, २०८३ आइतबार November 15, 2026

कस्तो रहला तपाँइको यो साताको राशिफल ?

बृषलाई बुधबारदेखि सामाजिक क्षेत्र र नोकरीबाट मानसम्मान मिल्ने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) सुन्दर तथा विलासिताका सामान प्रयोग गरी अरूको ध्यान आफूतिर आकर्षित गर्न सकिनेछ । लामो समयदेखि बिछोड भएका मित्रसँग भेट हुनाले साता रमाइलो गरी बिताउन सकिनेछ । प्राकृतिक स्रोत तथा पैतृक सम्पत्तिको प्रयोगमार्फत आम्दानी बढाउन सकिनेछ । सेयरबजार तथा वित्तीय बजारमा लगानी गरी नाफा कमाउन सकिनेछ । साताको अन्त्यमा खर्चमा नियन्त्रण गर्नुपर्ला ।

वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) पैतृक धनसम्पत्तिको प्रयोग तथा परिचालनमार्फत मनग्गे आम्दानी गर्न सकिनेछ । नयाँ काम पाउने योग रहेको छ । सामाजिक कार्यले सम्मानित स्थान दिलाउन सक्छ । स्वास्थ्यका लागि खानपानमा सजग रहनुहोला । लामो दूरीको वैदेशिक यात्रा हुनुका साथै व्यापारबाट सोचेअनुसार आम्दानी गर्न सकिनेछ । बुधबारदेखि सामाजिक क्षेत्र र नोकरीबाट मानसम्मान मिल्नेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) साताको प्रारम्भमा खोज तथा अनुसन्धानको क्षेत्रमा भनेजस्तो प्रगति गर्न सकिने हुनाले मन प्रसन्न हुनेछ । विशिष्ट व्यक्तिसँग नजिक हुन सकिने तथा सम्मान पाइनेछ । खानपान, यात्रा तथा मनोरञ्जनमा समय व्यतीत हुनेछ । अध्ययन वा कामको सिलसिलामा लामो दूरीको यात्रा रहेकाले त्यसबाट सफलता मिल्नेछ । साताको अन्त्यमा व्यापारमा प्रशस्त फाइदा हुनेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) धार्मिक कार्यमा रुचि बढ्नेछ । परिवार तथा आफन्तजनसँग धार्मिक कार्यमा समय व्यतीत हुनाले दिन रमाइला होला । नयाँ काम पाउने, स्थानान्तरणको ग्रहयोग रहेको छ । सेयरबजारबाट मनग्गे धनआर्जन गर्न सकिनेछ । साताको अन्त्यमा नयाँ ठाउँमा लगानी गर्ने वातावरण बन्नेछ । कुनै शुभ समाचार सुन्न पाइएला । धार्मिक कार्यमा सहभागी हुने अवसर मिल्नेछ । मनग्गे धनलाभ हुनेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) एकल तथा साझेदारी व्यवसायबाट भनेजस्तो आम्दानी हुनेछ । बैंक तथा वित्तीय क्षेत्र र सेयरबजारमा लगानी गरी आम्दानी बढाउन सकिनेछ । धर्म तथा अध्यात्म क्षेत्रमा मन जाने तथा लामो दूरीको यात्राको योग छ । पढाइ–लेखाइमा सफलता हात पार्न सकिनेछ । साताको अन्त्यमा घरमा मांगलिक कार्य सम्पादन गर्ने अवसर जुर्नेछ । धार्मिक यात्रामा सहभागी हुने अवसर मिल्नेछ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) व्यावसायिक क्षेत्रबाट राम्रो लाभ प्राप्त हुनेछ । छोराछोरीबाट सन्तोष हुनेछ । आफन्तले समेत कुरा सुन्न र समय दिन सक्दैनन् । मनमा अशान्ति र छटपटी व्याप्त हुनेछ । स्वास्थ्यमा गडबडी भई दैनिक कामकाजमा असर पर्ने सम्भावना छ । साताको अन्त्यमा दाम्पत्य सम्बन्धमा सुमधुरता प्राप्त हुनेछ । बालबच्चाबाट पनि सुख–सन्तोष प्राप्त हुनेछ ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) सन्तानको प्रगतिमा मन रमाउनेछ । इष्टमित्र तथा आफन्तका साथ धार्मिक यात्राको अवसर जुर्नेछ । बुधबारदेखि अदालती निर्णय तपाईंकै पक्षमा आउने तथा शत्रु परास्त गर्दै अगाडि बढ्न सकिनेछ । स्वास्थ्यसम्बन्धी समस्या हल भएर जाने तथा पुराना लेनदेनका मुद्दा किनारा लाग्नेछन् । साताको अन्त्यमा व्यापार तथा सेयरबजारमा लगानी बढाई आम्दानीका स्रोत बढाउँदै लैजान सकिनेछ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) प्रयत्न गर्दा ठुलै उपलब्धि हातलागी हुनेछ । शुभचिन्तकहरू जुट्नाले चिताएका काम सजिलै बन्नेछन् । बिहीबार र शुक्रबार घरायसी समस्याले अल्झाउन सक्छ । समयमा जुट्न नसक्दा चिताएका काममा पनि बाधा पर्नेछ । सप्ताहान्तमा परिस्थितिअनुकूल बन्नेछ । सामाजिक कार्यले सम्मानित स्थान दिलाउन सक्छ । प्रतिस्पर्धीहरू पराजित हुनेछन् र मनग्गे धनलाभ पनि हुनेछ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) मिहिनेतपूर्वक काम गर्दा चिताएको फल प्राप्त हुनेछ । तार्किक बुद्धिको उपयोगले प्रतिद्वन्द्वीहरूलाई वशमा ल्याउन सकिनेछ । पहिले टाढिएका आफन्त पनि नजिकिनेछन् । घरमा बसेरै विभिन्न काम सम्पादन गर्न सकिनेछ । सप्ताहान्तमा तर्कशक्ति बढ्नेछ भने अध्ययनमा प्रगति हुनेछ । दिगो फाइदा हुने काम प्रारम्भ गर्न सकिनेछ । नाम, दाम र इनाम प्राप्त हुनेछ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) साताको प्रारम्भमा सानो प्रयत्नले राम्रो काम गरी फाइदा लिन सकिनेछ । व्यापार, औद्योगिक क्षेत्र तथा सेयरबजारको लगानीबाट नाफा कमाउन सकिनेछ । खाद्यान्न तथा गरगहनाको व्यापारमा उल्लेख्य वृद्धि हुनेछ । बिहीबारबाट आफूले प्रयोग गर्ने सवारीसाधन प्रयोग गर्दा ख्याल गर्नुपर्नेछ । समय मध्यम रहेको छ । सप्ताहान्तमा चिताएको काम पूरा गर्न सकिनेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) वेलामा होस नपुर्‍याउँदा अप्ठ्यारा चुनौती आउन सक्छन् । बुधबारदेखि स्थितिमा सुधार आउनुका साथै नयाँ काम थालनीको योग रहेको छ । बोलीको माध्यमले धेरैलाई मन्त्रमुग्ध बनाउन सकिनेछ । मिहिनेत गर्दा पहिले रोकिएको प्रतिफल प्राप्त हुनेछ । मानसम्मान पाइनुका साथै विशेष उपहार प्राप्त हुनेछ । सप्ताहान्तमा परिवारमा सुखद समाचारले थप उत्साह जगाउनेछ । आम्दानीका स्रोत पहिल्याउन सकिनेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) प्रारम्भमा मनग्गे आम्दानी हुनेछ भने चिताएको काम सजिलै सम्पादन गर्न सकिनेछ । परिवारमा सुखद समाचारले थप उत्साह जगाउनेछ । आम्दानीका स्रोत पहिल्याउन सकिनेछ भने सामाजिक काम गर्दै नाम कमाउन सकिनेछ । विभिन्न किसिमका भौतिक लाभ हुनेछ भने सवारीसाधन प्राप्तिको योग रहेको छ । सप्ताहान्तमा रमाइला क्षणको सहयात्री भइएला ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
बाँदरको हैरानीले किसान अदुवाखेतीतर्फ आकर्षित
२०८३ कार्तिक २९, आइतबार
सुनसरीमा छठ पर्वका सामग्रीको व्यापार बढ्यो, पूजास्थल तयार
२०८३ कार्तिक २९, आइतबार
छठ महापर्व नेपाली समाजको अद्वितीय सांस्कृतिक अनुष्ठानः उपराष्ट्रपति यादव
२०८३ कार्तिक २९, आइतबार
छठी मैयाको कृपाले सबैको जीवनमा सुख, शान्ति र समृद्धि छाओस् : गगन थापा
२०८३ कार्तिक २९, आइतबार
ट्राफिक नियम उल्लंघन गर्ने ५५७ सवारी चालक ट्राफिक फन्दामा
२०८३ कार्तिक २९, आइतबार
खगोलविज्ञान ओलम्पियाडमा नेपाललाई पहिलो रजतसहित चार पदक
२०८३ कार्तिक २९, आइतबार
पश्चिमी वायुका प्रभावले केही स्थानमा वर्षा र हिमपातको सम्भावना
२०८३ कार्तिक २९, आइतबार