काठमाडौँ । इङ्लिस प्रिमियर लिग अन्तर्गत शनिबार राति भएको खेलमा एस्टन भिल्ला र न्यूक्यासल युनाइटेड गोलरहित बराबरीमा रोकिएका छन् ।
लिगको आफ्नो पहिलो खेलमा दुवै टोलीले जितको खोजी गरे पनि निर्धारित ९० मिनेटसम्म कुनै पनि टोलीले गोल गर्न नसकेपछि अंक बाँड्न बाध्य भएका हुन् । खेलभरि दुवै टोलीले आक्रमणका केही उत्कृष्ट अवसर सिर्जना गरे पनि फिनिसिङ कमजोर रहँदा गोल गर्न असफल भएका थिए ।
खेलको निर्णायक मोड ६६औं मिनेटमा आयो, जब एस्टन भिल्लाका डिफेन्डर एज्री कोन्साले दोस्रो पहेंलो कार्डसँगै रातो कार्ड पाएपछि टोली १० खेलाडीमा सीमित भएको थियो । त्यसपछि न्यूक्यासलले लगातार आक्रमण बढाएको भए पनि एस्टन भिल्लाले रक्षात्मक खेल प्रस्तुत गर्दै अन्तिमसम्म गोल खाएको छैन ।
बराबरीसँगै दुवै टोलीले एक/एक अंक जोडेको छन् । यो बराबरीले लिगको सुरुआतमा न्यूक्यासललाई केही निराश तुल्याए पनि प्रशिक्षक युनाई एमरीले कम खेलाडीमा पनि अंक सुरक्षित गर्न सफल भएको भन्दै भिल्लाको खेलप्रति सन्तोष व्यक्त गर्नुभएको छ ।
यसअघि भएको खेलहरूमा शीर्ष क्लबहरूले जित निकालिरहेका बेला भिल्ला र न्यूक्यासलबीचको बराबरीले अंक तालिकामा प्रतिस्पर्धा थप चर्काउने देखिएको छ ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया