मंग्सिर ३, २०८३ बिहिबार November 19, 2026

साफ यु–१७ महिला च्याम्पियनसिपमा भाग लिने टोलीलाई एन्फाको बिदाइ

नेपालले २० अगस्टमा दाबेदार भारतसँग पहिलो खेल खेल्ने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौँ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले साफ यु–१७ महिला च्याम्पियनसिपमा भाग लिन जाने नेपाली टोलीको आइतबार बिदाइ गरेको छ ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा एन्फा पदाधिकारीले नेपाली युवा टोलीको बिदाइ गरेको हो । प्रतियोगिता अगस्ट २० देखि ३१  सम्म भुटानमा हुनेछ । प्रतियोगितामा दक्षिण एसियाका चार राष्ट्र नेपाल, भुटान, बङ्गलादेश र भारतले उपाधिका लागि दाबेदारी प्रस्तुत गर्नेछन् ।

डबल राउन्ड रोबिन लिग प्रणालीमा हुने प्रतियोगितामा प्रत्येक टिमले एक अर्कासँग दुई खेल खेल्नेछन् । अङ्क तालिकाको शीर्षस्थानमा रहने टोलीले उपाधि जित्नेछ ।

नेपालले २० अगस्टमा दाबेदार भारतसँग पहिलो खेल खेल्नेछ । अगस्ट २२ मा आयोजक भुटान र अगस्ट २४ मा बङ्गलादेशसँग खेल्ने तालिका रहेको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
नेपालले जुन ३ मा लर्ड्समा बंगलादेशसँग टी-२० अन्तर्राष्ट्रिय खेल्ने
२०८३ मंग्सिर ४, शुक्रबार
दशौँ राष्ट्रिय खेलकुदमा एक हजार ३३७ पदकका लागि प्रतिस्पर्धा हुने
२०८३ मंग्सिर ३, बिहिबार
चालु आवको तीन महिनाः मुद्रास्फीति ६.३७ प्रतिशत
२०८३ मंग्सिर ३, बिहिबार
पूर्वमुख्यसचिव अर्यालविरुद्ध पक्राउ पुर्जी जारी
२०८३ मंग्सिर ३, बिहिबार
त्रिविको M.Ed. र MSSEd परीक्षाका लागि केन्द्र छनोट गर्न मंसिर ७ सम्मको समय
२०८३ मंग्सिर ३, बिहिबार
विद्येयकमा ‘वेश्यावृत्ति’ शब्द हटाउन सांसदहरूको माग, शोषणसम्बन्धी परिभाषा फराकिलो बनाउन सुझाव
२०८३ मंग्सिर ३, बिहिबार
चितवनलाई ३  विकेटले हराउँदै सुदूरपश्चिम रोयल्स तेस्रो पटक एनपीएलको फाइनलमा
२०८३ मंग्सिर ३, बिहिबार