कार्तिक २२, २०८३ आइतबार November 8, 2026

नेपाल शिक्षक महासंघद्धारा चरणवद्ध आन्दोलनको घोषणा

भदौ २१ गतेदेखि भने अवरोधात्मक र विरोध प्रदर्शनसहित कडा आन्दोलन थालिने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौं, ६ भदौ । विद्यालय शिक्षक विधेयकमा आफ्ना माग सम्बोधन नभएको भन्दै नेपाल शिक्षक महासंघले भदौ ९ गतेदेखि चरणबद्ध आन्दोलन गर्ने घोषणा गरेको छ।

महासंघका अनुसार स्थायी शिक्षकको बढुवा, अध्यापन अनुमति पत्रको अवधि थप, विद्यालय कर्मचारीको पद–बेतन सुनिश्चितता, अस्थायी–करार शिक्षकका लागि आन्तरिक प्रतिस्पर्धा र शिक्षण काउन्सिलको व्यवस्था जस्ता माग विधेयकमा समेटिन नसकेपछि आन्दोलन अपरिहार्य भएको हो।

कार्यक्रमअनुसार भदौ ९ गते प्रधानमन्त्री, शिक्षामन्त्री र दलका प्रमुख सचेतकलाई ध्यानाकर्षण पत्र बुझाइने, भदौ ११ देखि २० सम्म पार्टी कार्यालयमा धर्ना दिने, भदौ १३ गते पालिकामा र भदौ १५ गते जिल्लामा धर्ना दिने छ। भदौ २१ गतेदेखि भने अवरोधात्मक र विरोध प्रदर्शनसहित कडा आन्दोलन थालिने महासंघले चेतावनी दिएको छ।

May be an image of text

May be an image of text

May be an image of ticket stub, blueprint and text

May be an image of text

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया