पोखरा, भदौ ९ । पोखरामा आइतबारदेखि सुरु भएको लामाचौर कप भलिबल प्रतियोगितामा खुला पुरुषतर्फ ६ टिम प्रतिस्पर्धामा उत्रिएका छन् ।
लिग चरणको खेलमा आयोजक, जि.एम. समाज, ढुंगेदेउराली क्लब र एपिएफ क्लब पोखरा विजयी हुँदै समान ३ अंक जोडेका छन् । माछापुच्छ्रे गाउँपालिका खेलकुद विकास समिति र कृष्णदल फूलबारी भने अङ्कविहीन हुँदै प्रतियोगिताबाट बाहिरिएका छन् ।
सोमबार आयोजकले ढुंगेदेउराली र जि.एम. समाजले एपिएफसँग खेल्ने छन् । यसैबीच, अन्तर मावि छात्रा भलिबलमा टप्स र शान्त मावि फाइनलमा पुगेका छन् ।
प्रतियोगिता नवआदर्श सामुदायिक विकास समाजको २९ औँ वार्षिकोत्सव एवं तीज महोत्सवसँगै सुरु भएको हो । विजेताले ३ लाख, उपविजेताले १ लाख ५० हजार र सर्वोत्कृष्ट खेलाडीले १० हजार रुपैयाँ पुरस्कार पाउनेछन् ।
तीज महोत्सवमा भलिबलसँगै तीज गीत, लोक नृत्य, साङ्गीतिक प्रस्तुति, व्यापारिक स्टल र सांस्कृतिक कार्यक्रम समेत रहनेछन् ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया