काठमाण्डाैंः आइतबार छापावाल सुनको मूल्य प्रतितोला ३ सय रुपैयाँले वृद्धि भएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार ९६ हजार ९ सयमा कारोबार भएको छापावाल सुनको मूल्य आज प्रतितोला ९७ हजार २ सय रुपैयाँ तोकिएको छ ।
त्यस्तै, शुक्रबार ९७ हजार १ सय निर्धारण गरिएको तेजावी सुनको मूल्य आज प्रतितोला ९६ हजार ७ सय रुपैयाँ पुगेको छ ।
आज चाँदीको मूल्य भने स्थिर रहेको छ । आज पनि चाँदी १ हजार ३ सय ४० रुपैयाँमा कारोबार भइरहेको छ ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया