काठमाण्डौंः नेपालमा कोरोना संक्रमणबाट पहिलो पटक स्वास्थ्यकर्मीको मृत्यु भएको छ । महोत्तरीको मनरा सिश्वा नगरपालिका–४ का ३५ वर्षीय हेल्थ असिस्टेन्टको कोरोना संक्रमणबाट मृत्यु भएको हो ।
श्वासप्रश्वासमा समस्या आएपछि भदौ १० गते काठमाडौं ल्याउने क्रममा उनको सिन्धुलीमा मृत्यु भएको थियो ।
शव जिल्ला ल्याएर स्वाव संकलन गरि कोरोना परिक्षणका लागि जनकपुर पठाइएकोमा उनको रिपोर्ट पोजेटिभ आएको महोत्तरीका प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कटुवालले जानकारी दिए ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया