काठमाण्डाैंः वरिष्ठ स्त्री तथा प्रसुती रोग विशेषज्ञ डा. भोला रिजाल र उनकी पत्नीलाई कोरोना संक्रमण भएको छ ।
कोरोना संक्रमण देखिएपछि डा. रिजाल दम्पती ह्याम्स अस्पताल भर्ना भएका छन् । शनिबार गरिएको कोरोनाको पीसीआर परीक्षणमा डा. रिजालसँगै उनकी पत्नीलाई पनि कोरोना पोजेटिभ देखिएपछि आइतबारबाट ह्याम्स अस्पताल भर्ना भएको उनले बताए । अहिले डा. रिजाल दम्पत्तीको स्वास्थ्य अवस्था सामान्य रहेको छ ।
‘कोरोनाबाट कोही पनि अछुतो छैन्,’ डा. रिजालले भने, ‘सबैको परिवार उच्च जोखिममा छ । फ्रन्टलाइनमा बसेर काम गरेका व्यक्तिहरुको मनोबल उच्च राख्नुपर्छ । विगतमा स्वास्थ्यकर्मीमाथि जेजस्ता घटना भएका छन्, त्यो हाम्रो परम्परा संस्कृतिसँग मेल खाने कुरा होइनन् । भोलि जे पनि हुन सक्छ ।
अहिले हाम्रो परिवारलाई कोरोना देखिएको छ ।’ उनले सबैको शुभेच्छा र हौसलाले भोलि आफूहरु कोरोनामुक्त भएर फ्रन्टलाइनमा खट्ने अठोट व्यक्त गरे । उनले कोरोनाको संख्या नेपालमा बढ्दैं जाँदा स्वास्थ्यकर्मीमाथि भएको दुर्व्यवहार र फ्रन्टलाइनमा रहेर काममा समर्पितहरुका लागि कविता पनि रचेका छन् ।
सलाम छ स्वास्थ्यकर्मी तिम्रो त्याग र तपस्यालाई
सञ्चार, सुरक्षाकर्मी, सहयोगी हातहरुलाई
गर्छौ नमन सबैले आज यो शिर झुकाई -डा. भोला रिजाल
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया