मंग्सिर ३, २०८३ बिहिबार November 19, 2026

ज्ञान निकेतन, रिब्स र एलएलाई उपाधि

ज्ञानोदयसंग बराबरी खेलेको बृहस्पति एलएसंग पराजित

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौं, १७ भदौ । ज्ञान निकेतन, रिब्स र लिटिल एन्जल्स (एलए) ३१ औं ज्ञान कार्निभलअन्तर्गत बास्केटबल र फुटबलमा मंगलबार च्याम्पियन बनेका छन् । बास्केटबलको ब्वाइजमा ज्ञान निकेतन र गल्र्समा रिब्स च्याम्पियन बने । एलएले फुटबलको उपाधि चुम्यो ।

खोकनास्थित आयोजक ज्ञानोदय बाल वाटिकाको हलमा भएको ब्वाइज बास्केटबल फाइनलमा ज्ञान निकेतनले टीआईएलाई ७७–७२ ले पराजित ग¥यो । ज्ञान निकेतनको जितमा दिप्सन अधिकारीले ३२ अंक योगदान गरे ।

गल्र्सको उपाधि भिडन्तमा सुप्रिया मल्लको २१ अंक सहयोगमा रिब्सले मल्पी इन्टरनेसनललाई ४१–१६ ले हरायो । फाइनलका सर्वाधिक स्कोरकर्ताद्वय दिप्सन र सुप्रिया ‘मोस्ट भेलुएबल प्लेयर’ घोषित भए ।

पाँच टिम सहभागी ब्वाइज फुटबलमा पहिलो भएको एलएले सर्वाधिक १२ अंक जोड्यो । राउन्ड रोविन लिगमा एलएले बृहस्पति विद्या सदनलाई ६–०, द एक्सेल्सियर स्कुललाई २–०, आयोजक ज्ञानोदयलाई ३–१ र मल्पीलाई ६–१ गोलले पराजित गरेको थियो ।

बृहस्पति ७ अंकसाथ दोश्रो भयो । बृहस्पतिले एक्सेल्सियर र मल्पीलाई हराएको थियो । ज्ञानोदयसंग बराबरी खेलेको बृहस्पति एलएसंग पराजित भएको थियो ।

विजेतालाई आयोजक ज्ञानोदयकी संस्थापक प्रिन्सिपल इन्दिरा याक्थुम्बा, सिनियर भाइस प्रिन्सिपल भानु एलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे । बास्केटबलको ब्वाइजमा २४ तथा गल्र्समा १२ टिम सहभागी थिए ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
नेपालले जुन ३ मा लर्ड्समा बंगलादेशसँग टी-२० अन्तर्राष्ट्रिय खेल्ने
२०८३ मंग्सिर ४, शुक्रबार
दशौँ राष्ट्रिय खेलकुदमा एक हजार ३३७ पदकका लागि प्रतिस्पर्धा हुने
२०८३ मंग्सिर ३, बिहिबार
चालु आवको तीन महिनाः मुद्रास्फीति ६.३७ प्रतिशत
२०८३ मंग्सिर ३, बिहिबार
पूर्वमुख्यसचिव अर्यालविरुद्ध पक्राउ पुर्जी जारी
२०८३ मंग्सिर ३, बिहिबार
त्रिविको M.Ed. र MSSEd परीक्षाका लागि केन्द्र छनोट गर्न मंसिर ७ सम्मको समय
२०८३ मंग्सिर ३, बिहिबार
विद्येयकमा ‘वेश्यावृत्ति’ शब्द हटाउन सांसदहरूको माग, शोषणसम्बन्धी परिभाषा फराकिलो बनाउन सुझाव
२०८३ मंग्सिर ३, बिहिबार
चितवनलाई ३  विकेटले हराउँदै सुदूरपश्चिम रोयल्स तेस्रो पटक एनपीएलको फाइनलमा
२०८३ मंग्सिर ३, बिहिबार