भाद्र ५, २०८३ शुक्रबार August 21, 2026

नेपालमा पनि फेसबुक कन्टेन्ट मनिटाइजेसन सुरु

फेसबुकले सर्जकका सामग्रीमा विज्ञापन देखाई आम्दानीको हिस्सा उपलब्ध गराउने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं। मेटाले नेपाललाई फेसबुक कन्टेन्ट मनिटाइजेसनका लागि योग्य देशको सूचीमा समावेश गरेको छ । यससँगै नेपाली प्रयोगकर्ता तथा कन्टेन्ट क्रियटरले फेसबुकमार्फत औपचारिक रूपमा आम्दानी गर्न सक्ने भएका छन् ।

अब प्रोफेसनल मोडमा रूपान्तरण गरिएको फेसबुक प्रोफाइल वा पेजका सर्जकले विज्ञापनसहितका विभिन्न टुल (जस्तैः एड अन रिल्स् र स्टाटर्स ) प्रयोग गरी आयआर्जन गर्न सक्नेछन् । कम्पनीले केही प्रयोगकर्तालाई इमेलमार्फत सेवाको सुरुवातबारे जानकारी गराएको छ ।

मनिटाइजेसनअन्तर्गत फेसबुकले सर्जकका सामग्रीमा विज्ञापन देखाई आम्दानीको हिस्सा उपलब्ध गराउनेछ । भुक्तानीका लागि नेपाली बैंक खाता र स्थायी लेखा नम्बर अनिवार्य हुनेछ । मेटाको निर्णयले नेपाली डिजिटल क्रियटरलाई प्रत्यक्ष आम्दानीको अवसर दिने मात्र होइन, देशमा रेमिट्यान्स र कर राजस्व बढाउन पनि सहयोग गर्ने अपेक्षा गरिएको छ ।

फेसबुक मनिटाइजेसनका लागि मेटाले कडा नियम लागू गरेको छ । ‘पार्टनर मनिटाइजेसन पोलिसी’ अनुसार केवल योग्य सामग्री मात्र पोस्ट गर्न पाइनेछ । घृणा, हिंसा, गलत जानकारी वा कम्युनिटी स्टान्डर्ड उल्लंघन गर्ने सामग्रीमा प्रतिबन्ध लगाएको छ ।

मेटाले डुप्लिकेट वा रिपोस्ट कन्टेन्टलाई अस्वीकार गर्ने र गलत तरिकाले फलोवर्स वा भ्यूज बढाउने गतिविधिमा मनिटाइजेसन रोक्ने जनाएको छ । त्यस्तै भिडियोबाट आयआर्जन गर्न कम्तीमा १५ सेकेन्डको हुनुपर्ने शर्त राखिएको छ।

क्रियटरले भिडियो, रिल्स, स्टोरी वा लाइभ स्ट्रिममा आएका विज्ञापन, स्टार र सब्सक्रिप्सनमार्फत प्रत्यक्ष आम्दानी गर्न सक्नेछन् । यसले नेपाली क्रियटरका लागि युट्युबझैं ‘क्रिएटिभ पेशा’ अपनाउने अवसर खोल्ने अपेक्षा गरिएको छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
सोमालियाका बालबालिका सहायता कटौतीबाट गम्भीररूपमा प्रभावितः संयुक्त राष्ट्रसङ्घ
२०८३ भाद्र ६, शनिबार
इरानका लागि युद्ध अन्त्य गर्न अनुकुल समय आएको छः इरानी राष्ट्रपति
२०८३ भाद्र ५, शुक्रबार
टी ट्वान्टी क्रिकेटः नर्दन टेरिटोरी स्ट्राइकसँग नेपाल ‘ए’ पराजित
२०८३ भाद्र ५, शुक्रबार
सवारी दुर्घटनामा दुई जनाको मृत्यु
२०८३ भाद्र ५, शुक्रबार
निजामती कर्मचारीका लागि आइतबारदेखि विशेष ओपिडी
२०८३ भाद्र ५, शुक्रबार
‘आध्यात्मिक शिक्षाले मानिसलाई स्वस्थ र अनुशासित बनाउँछ’:महामन्त्री
२०८३ भाद्र ५, शुक्रबार
निःशुल्क औषधिको उपलब्धता सुनिश्चित गर्न स्वास्थ्य मन्त्रालयको परिपत्र
२०८३ भाद्र ५, शुक्रबार