मंग्सिर ३, २०८३ बिहिबार November 19, 2026

फेवाताल किनारबाट एभरेष्ट महिला भलिबल लिगको ट्रफी अनावरण

टिम अपरेशनमा विशाल खेतान, फिजियोमा प्रिया लामा, मिडिया मेनेजरमा सन्ध्या ढुङ्गाना

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

पोखरा । एभरेष्ट महिला भलिबल लिगको ट्रफी पोखराको पर्यटकीय स्थल फेवाताल किनारबाट अनावरण तथा ट्रफी टुर कार्यक्रम आयोजना गरिएको छ । यही भदौ २० देखि २८ गते सम्म पोखरामा नै हुन लागेको उक्त प्रतियोगिताको पूर्व अवसरमा पोखराको होम टिम पोखरा निन्जाजले ट्रफी अनावरण सँगै ट्रफी टुर कार्यक्रम आयोजना गरेको हो ।

पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले ट्रफी अनावरण गर्दै पोखरामा भलिबल खेलको धेरै क्रेज र सम्भावना रहेको बताउनु भयो । उक्त खेलले भलिबल खेलको विकाससँगै महिला सशक्तीकरणमा यसले उल्लेखनीय योगदान पुर्‍याउने उहाँले विश्वास व्यक्त गर्नुभयो ।

मेयर आचार्यले आफ्नो होम टिमलाई जितको अग्रिम शुभकामना दिँदै यस प्रकारका खेल गतिविधिले पोखरालाई खेलकुदको शहरको रुपमा स्थापित गर्न महत्वपूर्ण भूमिका खेल्ने जनाउनु भयो । उहाँले भन्नुभयो“खेल केवल मनोरञ्जन होइन, पहिचान, आत्मनिर्भरता र सामाजिक परिवर्तन ल्याउने माध्यम समेत हो ।”

मेयर आचार्य सहितको टोलीले पोखरा निन्जाजबाट सहभागी टिमका खेलाडीहरूलाई स्वागत समेत गर्नुभयो । सो अवसरमा  प्रमुख आचार्यसहित, पोखरा निन्जाज टिमले पोखरा फेवातालमा ट्रफी टुर गराउँदै बराही मन्दिरको परिक्रमा समेत गराएको थियो ।

सो अवसरमा पोखरा निन्जाज टिमका प्रमुख नितिन खानेकर, नेपाल भलिबल संघका सल्लाहकार द्वय हरिप्रसाद पराजुली र नारायण प्रसाद शर्मा, पोखरा पर्यटन परिषद्का अध्यक्ष तारानाथ पहारी, पोखरा भ्रमण वर्ष २०२५ का संयोजक गोपी बहादुर भट्टराईलगायत पर्यटन एव खेलप्रेमीहरुको उल्लेख्य सहभागिता रहेको थियो ।

राजधानी बाहिर पोखरामा आयोजित दोस्रो संस्करणमा पोखरा निन्जाजले प्रगति नाथलाई मार्की प्लेयरको रुपमा अघि सारेको छ । त्यस्तै टिममा पुनम चन्द, मिना सुनार, सुनिता खत्री, गरिमा बोहरा, अञ्जिला प्रधान, निशा महरा, भावना तामाङ, गिरिश्मा गुरुङ रहनु भएको छ ।

त्यस्तै विदेशी खेलाडीहरूमा अदिओला ओवोकोनिरान, लिया बोबन र अनामरिया बेर्दिलारहेको टिमका अपरेशन हेड विकाश खेतानले जनाउनु भयो । यसै गरी टिमको मुख्य प्रशिक्षकमा रुपेश विष्ट र प्रशिक्षकमा सन्तोष श्रेष्ठ रहनु भएको छ । टिम अपरेशनमा विशाल खेतान, फिजियोमा प्रिया लामा, मिडिया मेनेजरमा सन्ध्या ढुङ्गाना रहनु भएको छ । पोखरा निन्जाजले टिम एम्वसडरको रुपमा नेपाली चर्चित अभिनेत्री सनिशा भट्टराईलाई अघि सारेको छ । एभरेष्ट महिला भलिबल लिगमा ६ टिमको सहभागिता रहेको छ । यसैबिच भोलि बिहीबार पोखराका मेयर धनराज आचार्य र नेपालका चर्चित महानायक राजेश हमाल बिचको टोलीसँग मैत्रीपूर्ण भलिबल खेल समेत हुने तयारी गरिएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
नेपालले जुन ३ मा लर्ड्समा बंगलादेशसँग टी-२० अन्तर्राष्ट्रिय खेल्ने
२०८३ मंग्सिर ४, शुक्रबार
दशौँ राष्ट्रिय खेलकुदमा एक हजार ३३७ पदकका लागि प्रतिस्पर्धा हुने
२०८३ मंग्सिर ३, बिहिबार
चालु आवको तीन महिनाः मुद्रास्फीति ६.३७ प्रतिशत
२०८३ मंग्सिर ३, बिहिबार
पूर्वमुख्यसचिव अर्यालविरुद्ध पक्राउ पुर्जी जारी
२०८३ मंग्सिर ३, बिहिबार
त्रिविको M.Ed. र MSSEd परीक्षाका लागि केन्द्र छनोट गर्न मंसिर ७ सम्मको समय
२०८३ मंग्सिर ३, बिहिबार
विद्येयकमा ‘वेश्यावृत्ति’ शब्द हटाउन सांसदहरूको माग, शोषणसम्बन्धी परिभाषा फराकिलो बनाउन सुझाव
२०८३ मंग्सिर ३, बिहिबार
चितवनलाई ३  विकेटले हराउँदै सुदूरपश्चिम रोयल्स तेस्रो पटक एनपीएलको फाइनलमा
२०८३ मंग्सिर ३, बिहिबार