कार्तिक २२, २०८३ आइतबार November 8, 2026

गोरखाको भद्रकाली माविका विद्यार्थीलाई लायन्स क्लब हेरिटेज धरहराद्वारा शैक्षिक सामग्री सहयोग

सामुदायिक विद्यालयमा पठनपाठन सहज बनाउन लायन्स क्लबको सक्रियता दुर्गम गाँउमा बढ्दै

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौँ, १८ भदौ। लायन्स क्लब अफ काठमाडौँ हेरिटेज धरहराले गोरखाको गण्डकी गाउँपालिका–६, भुम्लीस्थित भद्रकाली माध्यामिक विद्यालयका विद्यार्थीलाई शैक्षिक सामग्री बितरण गरेको छ।

गण्डकी गाउँपालिका वडा नं. ६ भुम्लीचोकमा अवस्थित उक्त विद्यालयमा आयोजित कार्यक्रममा लायन्स अन्तर्राष्ट्रिय डिष्ट्रिक्ट ३२५ के नेपालका गर्भनर लायन दुर्गा प्रसाद हुमागाईंको विशेष उपस्थितिमा कक्षा १ देखी १० सम्मका सम्पूर्ण विद्यार्थीलाई झोला, कापी, कलम, इरेजर, सार्पनर, कलर, ज्यामिती बक्स र वैज्ञानिक क्यालकुलेटर लगायतका करिब २ लाख बराबरको सामग्री वितरण गरिएको हो।

कार्यक्रममा गर्भनर हुमागाईंसँगै चिफ एडभाइजर टीकाराम सापकोटा, डिपार्टमेन्ट को–चिफ मछिन्द्र आचार्य, डिस्ट्रिक्ट चियरपर्सन भुपेन्द्र सिलवाल, क्लबका अध्यक्ष, कोषाध्यक्ष, विद्यालयका प्राचार्य विष्णु प्रसाद तिवारी, वडा सदस्य, विद्यालय व्यवस्थापन समिति सदस्य, शिक्षक तथा विद्यार्थीहरूको बाक्लो उपस्थिति थियो।

प्रधानाध्यापक तिवारीले लायन्स क्लबको सहयोगले विद्यालयका सबै विद्यार्थीलाई पठनपाठनमा ठूलो सहजता पुगेको भन्दै आभार प्रकट गरे । प्रमुख अतिथि एवं गर्भनर दुर्गा प्रसाद हुमागाँइले लायन्स क्लब अफ काठमाण्डौं हेरिटेज धरहराले गोरखाको दुर्गम गाँउबस्तीमा पनि यस किशिमको मानविय एवं शैक्षिक सहयोगले स्थानीय विद्यालयलाई ठूलो राहत मिलेको बताउनुभयो । साथै उहाँले हेरिटेज धरहरामा मनकारी लायन्स लिडरहरु रहेको भन्दै पूर्वअध्यक्षहरुको नामै लिएर प्रसंसा समेत गर्नुभएको थियो ।

त्यसैगरी, डिपार्टमेन्ट को-चिफ आचार्यले व्यक्तिगत योगदानमार्फत संकलित रकमबाट सहयोग गरिएको जानकारी दिँदै सामुदायिक विद्यालयमा विद्यार्थी अभाव टार्न क्लब निरन्तर सक्रिय रहेको बताए। क्लबका अध्यक्ष अनुप मास्केले आफू अध्यक्ष भएको बेला आफु जन्मिएको माटोमा भएको विद्यालयलाइ सहयोग गर्न पाँउदा आफुलाइ निकै आनन्द आएको बताए । साथै उहाँले सामुदायिक विद्यालयहरुमा विद्यार्थीको अभाव टार्न क्लब सधैं सक्रिय रहने बताए ।

अनुप मास्केको अध्यक्षतामा सम्पन्न कार्यक्रममा  विद्यालयका शिक्षकको स्वागत मन्तव्य तथा पूर्वअध्यक्ष आचार्यले सञ्चालन गर्नुभएको थियो।

यसैबीच लायन्स क्लब अफ काठमाडौँ हेरिटेज धरहराले आगामी माघ १९–२५ गते सुनसरीको बराहक्षेत्रमा धार्मिक एवम् सामाजिक अभियान्ता हरि महतसँगको सहकार्यमा ‘सय करोड दीप प्रज्वलन तथा श्रीमद्भागवत’ कार्यक्रम गर्ने तयारीसमेत गरिरहेको जानकारी दिएको छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया