काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करणअन्तर्गत ट्रफी टुर शनिबारदेखि सुरु हुने भएको छ । यसअन्तर्गत ट्रफीलाई देशका विभिन्न प्रमुख शहरमा पुर्याइने आयोजकले जानकारी दिएको छ ।
ट्रफी टुर विराटनगरबाट प्रारम्भ भई जनकपुर, चितवन, काठमाडौं, पोखरा, लुम्बिनी, कर्णाली हुँदै सुदूरपश्चिमसम्म पुग्नेछ । यस क्रममा स्थानीय खेलप्रेमी, खेलाडी तथा समुदायलाई लिगसँग प्रत्यक्षरूपमा जोड्ने उद्देश्य रहेको आयोजकले जनाएको छ ।
एनपीएलको दोस्रो संस्करण निकट भइरहेका बेला सुरु हुन लागेको ट्रफी टुरलाई लिगको प्रचार–प्रसारमा महत्वपूर्ण कदमका रूपमा लिइएको छ । यसले क्रिकेटप्रति आम जनसमुदायमा उत्साह जगाउने र क्षेत्रीय स्तरमै खेलाडीलाई प्रोत्साहन गर्ने अपेक्षा गरिएको छ ।
आगामी संस्करणमा देशभरका टिमबीच हुने प्रतिस्पर्धालाई रोचक बनाउन र राष्ट्रिय क्रिकेटलाई अझ मजबुत बनाउन एनपीएल उपयोगी हुने आयोजकको विश्वास छ ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया