कार्तिक २९, २०८३ आइतबार November 15, 2026

गणेशको दर्शन गर्दै हेर्नुहोस् साप्ताहिक राशिफल : कुन राशि कति भाग्यमानी ?

मकरलाई यो साता पठनपाठनमा प्रगति हुने र सप्ताहान्तमा विशेष लाभ हुने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) पारिवारिक जीवन सन्तोषप्रद हुनेछ । साझेदार वा सहयोगीको संगतले लाभ प्राप्त हुनेछ । परदेश वा विदेशबाट राम्रो समाचार प्राप्त हुनेछ । तापनि, वैदेशिक क्षेत्रबाट लाभ लिने मौका छ । आफन्तसँगको भेटघाटले मनमा प्रसन्नता थपिएला । मनपर्ने वस्त्र, अलंकार आदि लाभ होला । गरेको कामबाट प्रशंसा मिल्नेछ । सानै प्रयासले पनि महत्वपूर्ण काम बन्ने योग छ ।

वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) राज्यपक्षबाट सम्मानित हुने अवसर पाइनेछ । नयाँ कामको थालनी होला । व्यावसायिक कामबाट सोचेको लाभ मिल्नेछ । विद्यामा पनि प्रगति हुनेछ । दाम, इनाम र प्रतिष्ठा पनि कमाउने वेला छ । बिहीबारपछि भने व्यवसाय खस्किएला । खर्च र थकाइसमेत बढ्ला । तापनि, सप्ताहान्त विशेष फलदायी रहने देखिन्छ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) धार्मिक वा सामाजिक कामले अवश्यै प्रतिष्ठा दिलाउला । कामको दायित्व पनि थपिएला । व्यावसायिक काममा निकै नै उन्नति हुनेछ । राजनीति, नोकरीमा पनि पूर्वाद्र्धको समय लाभकारी होला । प्रतिनिधिमूलक यात्राको सम्भावना छ । आयआर्जन पनि प्रशस्त हुनेछ । प्रेम र मित्रताको गाँठो कसिएला । सप्ताहान्तमा भने खर्चमा वृद्धि र व्यवसायमा गिरावट आउने देखिन्छ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) सवारी चलाउँदा सतर्कताको खाँचो हुनेछ । ढिलो गरी कार्यसम्पादन हुने समय छ । मंगलबारदेखि स्थितिमा सुधार आई धार्मिक कृत्यमा रुचि बढ्नेछ । काममा प्रशंसा पाइएला । भ्रमणका साथै नयाँ कामको थालनी होला । आफ्नो क्षेत्रको नेतृत्व हात लाग्ला । व्यापार बढ्नुको साथै आयमूलक काममा पनि सफलता नै मिल्नेछ । नाम, दाम र इनाम पनि अवश्य नै हात पर्ला ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) आफन्त र मित्रसँग भेटघाट र रमाइलो गरिनेछ । आफन्तबाट भनेजस्तो सहयोग नपाइएला, तर काममा बाधा हुनेछैन । महत्वपूर्ण सामान हराउने सम्भावना छ । सानातिना समस्याले सताउलान् । तापनि, सप्ताहान्तमा स्थिति अनुकूल बन्नेछ । समयले साथ दिनेछ । धर्मकर्ममा मन जाला । सामाजिक कामबाट प्रतिष्ठा मिल्नेछ । कीर्ति पनि बढ्नेछ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) प्रगतिको समय छ । शत्रुपक्ष विस्थापित होलान् । अधुरा काम पनि अवश्य नै बन्नेछन् । प्रेमको बन्धन कसिने वेला छ । रमाइलो जमघटमा सरिक भइएला । यात्रासमेत सम्भावित छ । बिहीबार र शुक्रबारको समय अलि प्रत्युत्पादक रहला । सानातिना झमेलामै समय बित्ला । विवाद बढ्ने र चोटपटक लाग्ने योग छ, सचेत हुनुहोस् । तापनि, सप्ताहान्त भने फलदायी नै रहला ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) समय उन्नतिकारक छ । विद्या, बुद्धि बढ्नेछ । बौद्धिक तथा व्यावसायिक पक्षबाट लाभ उठाउने मौका छ । शत्रु परास्त भएर जालान् । मुद्दासमेत किनारा लाग्नेछन् । काममा अवश्य पनि उत्साह थपिनेछ । मित्रताको गाँठो कसिएर जाला । नयाँ प्रेमसम्बन्ध स्थापित हुन सक्छ । तर, सप्ताहान्तमा भने पारिवारिक झमेला, काममा बाधा र स्वास्थ्यमा संकट आउला, सचेत हुनुहोस् ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) स्वास्थ्यमा गडबडी भई दैनिक कामकाजमा असर पर्ने योग छ । मंगलबारदेखि व्यापार–व्यवसाय तथा बौद्धिक क्षेत्रमा राम्रो प्रगति हुनेछ । प्रतिस्पर्धीहरू स्वत: निष्क्रिय होलान् । आर्थिक पक्ष पनि सबल बन्नेछ । स्वास्थ्यमा सुधार र काममा उत्साह थपिनेछ । प्रेमको बन्धन अवश्य नै कसिएर जाला । यात्रा पनि सम्भावित छ । समय निकै नै उत्साहपूर्ण रहला ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) काममा सोचेजस्तै सफलता मिल्नेछ । सहयोगीले साथ दिनेछन् । उत्साह पनि बढ्नेछ । तर, मंगलबार र बुधबारको समय भने प्रत्युत्पादक रहला । निर्णय गलत ठाउँमा पर्नाले फाइदा अर्कैले लिन सक्छ । तापनि, निराश नहुनुहोस् । कर्मयोगका थप बाटा अवश्य खुल्नेछन् । पढाइलेखाइ र व्यवसायमा उन्नति हुनेछ । शत्रु पराजित होलान् ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) तपाईंका प्रशंसक अवश्यमेव थपिएलान् । उद्योग–व्यवसायमा पनि सोचेको प्रगति हात लाग्ला । प्रतिस्पर्धीले हार खालान् । तर, अरूको भरपर्ने समय छैन । आफन्तसँगको विश्वासमा पनि कमी आउला । खानपानको असावधानीले स्वास्थ्यमा पनि गिरावट आउला । पठनपाठनमा प्रगति हुनेछ । सप्ताहान्तमा विशेष लाभ होला ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) प्रियजनसँग भेटघाट हुनेछ । पार्टी, पिकनिक वा भोजभतेरमा जाने मौका मिल्ला । पारिवारिक जमघट हुने सम्भावना छ । सहयोगी जुट्नेछन् । कर्मयोगमा अभिवृद्धि हुनेछ । पराक्रम पनि बढेर जाला । आम्दानी पनि बढ्नेछ । तर, सप्ताहान्तमा आफन्तकै विश्वासघातमा परिएला । झुटा आरोप आइलाग्ने सम्भावना छ । सानो गल्तीले धोका हुन सक्छ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) सुरुमा प्रशस्त आम्दानीको योग भए पनि खर्चको मात्रा बढ्ने देखिन्छ । आफ्नै ढिपीले पैसा र समय खेर जाला । तापनि, तपाईंका वैदेशिक काम अवश्यै बन्नेछन् । आइतबारपछि प्रियजनसँग भेट होला । आतिथ्यपूर्ण सम्मान पाइएला । दाम, इनाम र प्रतिष्ठा पनि कमाउने वेला छ । प्रशंसक थपिएर जालान् । काममा पनि उत्साह थपिनेछ । भाग्यले साथ देला ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
सुनसरीमा छठ पर्वका सामग्रीको व्यापार बढ्यो, पूजास्थल तयार
२०८३ कार्तिक २९, आइतबार
छठ महापर्व नेपाली समाजको अद्वितीय सांस्कृतिक अनुष्ठानः उपराष्ट्रपति यादव
२०८३ कार्तिक २९, आइतबार
छठी मैयाको कृपाले सबैको जीवनमा सुख, शान्ति र समृद्धि छाओस् : गगन थापा
२०८३ कार्तिक २९, आइतबार
ट्राफिक नियम उल्लंघन गर्ने ५५७ सवारी चालक ट्राफिक फन्दामा
२०८३ कार्तिक २९, आइतबार
खगोलविज्ञान ओलम्पियाडमा नेपाललाई पहिलो रजतसहित चार पदक
२०८३ कार्तिक २९, आइतबार
पश्चिमी वायुका प्रभावले केही स्थानमा वर्षा र हिमपातको सम्भावना
२०८३ कार्तिक २९, आइतबार
राष्ट्र बैंकद्धारा आजका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक
२०८३ कार्तिक २९, आइतबार