कार्तिक २२, २०८३ आइतबार November 8, 2026

त्रिभुवन विश्वविद्यालयले ३५२ उपप्राध्यापकको पदका लागि दरखास्त आह्वान

भदौ २९ गतेदेखि आगामी कात्तिक १२ गतेसम्म अनलाइन माध्यमबाट दरखास्त दिन पाइने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौंः त्रिभुवन विश्वविद्यालयले ठूलो संख्यामा उप-प्राध्यापक पदको लागि दरखास्त आह्वान गरेको छ।

त्रिवि सेवा आयोगको कार्यालयले आज सूचना जारी गर्दै खुला प्रतियोगितामार्फत् तीनसय ५२ जना उपप्रध्यापकको पदपूर्ति गर्न लागिएको जनाएको छ।

खुला तथा समावेशी प्रणालीमार्फत् पदपूर्ति गरिने सूचनामा उल्लेख छ।

योग्यता पुगेका नेपालीले यही भदौ २९ गतेदेखि आगामी कात्तिक १२ गतेसम्म अनलाइन माध्यमबाट दरखास्त दिन सक्नेछन्।

दोब्बर दस्तुर तिरेर भने कात्तिक १९ गतेसम्म दरखास्त दिन सकिने सूचनामा उल्लेख छ।

त्रिवि सेवा आयोगको सूचना हेर्नुहोस्

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया