काठमाडौं, २९ भदौ । एसिया कप क्रिकेटमा आज (आइतबार) भारत र पाकिस्तान भिड्दै छन्। खेल आइतबार राति ८ः१५ बजे यूएईमा सुरु हुँदैछ।
समूह चरणमा एकएक खेल खेलिसकेका भारत र पाकिस्तानले दुईदुई अंक बनाउन सफल भएका छन्। समान अंक भए पनि समूह ‘ए’मा रनरेटका आधारमा भारत शीर्ष स्थानमा छ भने पाकिस्तान दोस्रो स्थानमा छ।
भारतले पहिलो खेलमा यूएईमाथि ९ विकेटको सानदार जित निकालेको थियो भने पाकिस्तानले भने ओमानविरुद्ध ९३ रनको जित हासिल गरेको थियो।
एसिया कपमा दुई समूहका आठ टिमले प्रतिस्पर्धा गर्दैछन्।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया