कार्तिक २५, २०८३ बुधबार November 11, 2026

कर्मचारीको तलब र सामाजिक सुरक्षा भत्ता दशैँअघि नै पाउने

सरकारको अनिवार्य दायित्व अन्तर्गत तलब–भत्ता र सामाजिक सुरक्षाको भुक्तानी हुने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डाैं, २९ भदौ । नेपाल सरकारको भुक्तानी र राजस्व सङ्कलनको प्रणाली सञ्चालनमा आएको छ । आजदेखि भुक्तानी शुरू भएको अर्थ मन्त्रालयले जनाएको छ ।

यस्तै राजस्व सङ्कलनको काम पनि शुरू गरेर धेरैजसो भन्सार विन्दु सञ्चालनमा आएका मन्त्रालयले जनाएको छ । पूर्णक्षति भएका केही आन्तरिक राजस्व कार्यालयमा काम शुरू गर्न बाँकी छ ।

‘जेन–जी’ प्रदर्शनका क्रममा अर्थ मन्त्रालय मातहत १४ वटा आन्तरिक राजस्व कार्यालय र ५ भन्सार कार्यालयमा तोडफोड भएको थियो । सरकारको भुक्तानी प्रणाली सञ्चालनमा आएकोले सरकारको ढुकुटीबाट कर्मचारीले दशैँ अगाडि नै तलब–भत्ता पाउने भएका छन् ।

सरकारको ढुकुटीमा अनिवार्य दायित्व भुक्तानी गर्न आवश्यक पर्याप्त रकम रहेको मन्त्रालयले जनाएको छ । सरकारको अनिवार्य दायित्व अन्तर्गत तलब–भत्ता र सामाजिक सुरक्षाको भुक्तानी हुनेछ । अर्थ मन्त्रालयको सानो भवन बाहेक प्रायः सुरक्षित छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
Bhai Tika Celebrated Across Nepal as Brothers Receive Tika from Sisters
२०८३ कार्तिक २५, बुधबार
तिहारको अन्तिम दिन भाइटीका आज, उत्तम साइत बिहान ११:०७ बजे
२०८३ कार्तिक २५, बुधबार
भाइटीकामा यात्रुको सहजताका लागि सशस्त्र प्रहरीले चलायो निःशुल्क बस
२०८३ कार्तिक २५, बुधबार
काठमाडौं उपत्यकामा ५१२ ट्राफिक नियम उल्लंघनकर्ता कारबाहीमा
२०८३ कार्तिक २५, बुधबार
आजको मौसम : उच्च पहाडी तथा हिमाली भू-भागमा आंशिक बदली र हिमपातको पूर्वानुमान
२०८३ कार्तिक २५, बुधबार
राष्ट्र बैंकद्धारा आजका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक
२०८३ कार्तिक २५, बुधबार
आन्तरिक पर्यटकको रोजाइका रुपमा विकास गरिँदै आकासे ताल
२०८३ कार्तिक २४, मंगलबार