काठमाण्डाैंः रुपन्देहीमा मंगलबार राती र बुधबार बिहान गरी दुई संक्रमित महिलाको मृत्यु भएको छ ।
लुम्बिनी प्रादेशिक अस्पताल बुटवलका सूचना अधिकारी डाक्टर विष्णु गौतमले कपिलवस्तुको कपिलवस्तु नगरपालिका ११ की ६० वर्षीया महिलाको मृत्यु भएको जानकारी दिनुभयो ।
भाद्र ७ गते कोरोना पोजेटिभ देखिएको ती महिलालाई बुटवलको धागो कारखानामा स्थापना गरिएको कोरोना विशेष अस्पतालको आइसियू कक्षमा उपचार भैरहेको थियो । महिलाको आज विहान ९ बजेर १५ मिनेटमा ज्यान गएको अस्पतालले जनाएको छ ।
गएराती रुपन्देहीमा एक कोरोना संक्रमित महिलाको मृत्यु भएको थियो । लुम्बिनी प्रादेशिक अस्पताल बुटवलबाट रेफर भई भैरहवा भीम अस्पतालमा उपचारका लागि भर्ना भएकी ती महिलामा उच्च रक्तचाप, मधुमेहको समस्या रहेको थियो ।
भीम अस्पताल भैरहवामा उपचार गराइरहेकी नवलपरासी पश्चिम रामग्राम नगरपालिका ५ परासीकी ६५ वर्षीय महिलाको मंगलबार राती मृत्यु भएको अस्पतालका सूचना अधिकारी डा. नारायण पोखरेलले बताउनुभयो । उनमा १४ गते संक्रमण पुष्टि भएको थियो ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया