काठमाडौँ, असोज १ गते । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को ग्रेडवृद्धि परीक्षा असोज ७ र ८ गते सञ्चालन गर्ने भएको छ ।
बोर्डले उक्त परीक्षा यसअघि भदौ २८ र २९ गते सञ्चालन गर्ने तालिका सार्वजनिक गरेको थियो ।
तर जेनजी समूहको प्रदर्शनका कारण मुलुक अप्ठ्यारो परिस्थितिमा पुगेपछि बोर्डले परीक्षा स्थगित गरेको थियो । बोर्डले मङ्गलबार सूचना जारी गरेर असोज ७ र ८ गते सञ्चालन गर्ने निर्णय गरेको हो ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया