दुबई । कुनै समय सनसनी मच्चाउने भारत–पाकिस्तान क्रिकेट अब फिक्का बन्दै गएको छ। जारी एसिया कपमा भारतले पाकिस्तानलाई ७ विकेटले सजिलै पराजित गर्दा खेलमा न त रोचकता रह्यो, न त दर्शकको भीड।
२५ हजार क्षमताको दुबई रंगशालामा एक चौथाइ सिट खाली रहे। टिकट बिक्री पनि सुस्त रह्यो। खेलअघि भारतीय टिमलाई पाकिस्तानविरुद्ध नखेल्न सुझावसमेत दिइएको थियो।
खेलमा भारतीय कप्तान सूर्यकुमार यादवले पाकिस्तानी कप्तान सलमान आगासँग हात नमिलाएको र खेलपछि पनि सद्भाव देखाउन नचाहेको घटनाले विवाद थपियो। पाकिस्तानी पक्षले यसबारे औपचारिक गुनासोसमेत गरेको छ।
विशेषज्ञहरूका अनुसार पछिल्ला वर्षहरूमा पाकिस्तानको क्रिकेट स्तर विशेषगरी भारतविरुद्ध कमजोर बन्दै गएको छ, जसका कारण ऐतिहासिक रौद्रता र रोमाञ्च अब कम देखिन थालेको हो।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया