मंग्सिर ३, २०८३ बिहिबार November 19, 2026

अन्तर्राष्ट्रिय र्‍यापिड चेसमा नेपाललाई छैटौँ स्थान

प्रतियोगिताको अर्को अन्तर्राष्ट्रिय पाँच मिनेत तीन सेकेन्ड इनक्रिजमेन्ट रहने ब्लिट्ज खेल आइतबारबाट देखि सुरु हुने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौँ, असोज ५ गते । रुसको गणराज्य काल्मिकियामा सञ्चालन भइरहेको प्रथम बुद्धिस्ट चेस प्रतियोगिता अन्तर्गत र्‍यापिड १५ मिनेट १० सेकेन्ड इनक्रिजमेन्टका खेल सम्पन्न भएका छन् ।

बुद्धिस्ट राष्ट्रबिच आमन्त्रित अन्तर्राष्ट्रिय चेस प्रतियोगिता नौ टिमका खेलाडीले व्यक्तिगत प्रतिस्पर्धाको आधारमा राष्ट्रको प्रतिनिधि गरेका छन् । प्रतियोगितामा आयोजक क्याल्मिकिया २०.५ अङ्कसहित पहिलो भएको छ ।

रसियाकै बुयाटिया टिमले १८ अङ्क जोड्दै दोस्रो, फिलिपिन १५.५ अङ्कसहित तेस्रो, थाइल्यान्ड १५ अङ्क जोड्दै चौथो, रसियाको टाइभाको टोली १४.५ अङ्कसहित पाँचौँ र १२.५ अङ्क बनाएको नेपाल छटौँ स्थानमा रह्यो । यस्तै म्यानमारले सातौँ, भारतले आठौँ र लावसले नवौँ स्थान बनायो ।

प्रतियोगितामा व्यक्तिगत उत्कृष्ट खेल प्रदर्शन गर्दै हङ्गेरीका शीर्ष वरियता खेलाडी जिएम स्जुगिरोभ सनानले एकल आठ अङ्क जोड्नुभयो । रसियन ग्रान्ड मास्टर साइडाइपो झम्सारन ७.५ अङ्क र रसियाकै जिएम सोगडीझिएफ रोमनले ६.५ अअङ्क बनाउनुभयो ।

नेपालका सिएम पुरुषोत्तम सिलवालले आफ्नो टोलीका लागि पाँच अङ्कको योगदान दिनुभयो । नेपाली महिला खेलाडी सिन्दिरा जोशीले तीन र एमेच्योर खेलाडी शैलेन्द्र न्यौपानेले ४.५ अङ्को योगदान दिनुभयो ।

प्रतियोगिताको अर्को अन्तर्राष्ट्रिय पाँच मिनेत तीन सेकेन्ड इनक्रिजमेन्ट रहने ब्लिट्ज खेल आइतबारबाट देखि सुरु हुने छ । रसियन चेस फेडरेसनसँग दुई देशीय दौत्य सम्बन्ध कायम गर्न रुस पुगेका नेपाल बुद्धिचाल महासङ्घका अध्यक्ष हेराकाजी महर्जनले युवा खेलाडीको उत्कृष्ट प्रदर्शनप्रति सन्तोष व्यक्त गर्नुभएको छ ।

अध्यक्ष महर्जनले नेपालका सिएम पुरुषोत्तम सिलवालको खेल परिकृष्ट हुँदै गइरहेको जानकारी गराउँदै चौथो र छैटौँ वरियताका आइएम तथा जिएमलाई पराजित गर्नु असाधारण रहेको पनि बताउनुभयो ।

महासङ्घले नेपालमा आइएम बन्ने सम्भावना भएका युवा खेलाडीलाई अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी गराउँदै आएको छ । विगतमा पनि विवेक थिङ, रुपेश जयसवाल र सौरभ प्रधानलाई रसियाको युनिभर्सिटीमा बुद्धिचाल खेल अध्ययनका लागि पाँच वर्ष छात्रवृत्ति प्रदान गरिएको थियो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
नेपालले जुन ३ मा लर्ड्समा बंगलादेशसँग टी-२० अन्तर्राष्ट्रिय खेल्ने
२०८३ मंग्सिर ४, शुक्रबार
दशौँ राष्ट्रिय खेलकुदमा एक हजार ३३७ पदकका लागि प्रतिस्पर्धा हुने
२०८३ मंग्सिर ३, बिहिबार
चालु आवको तीन महिनाः मुद्रास्फीति ६.३७ प्रतिशत
२०८३ मंग्सिर ३, बिहिबार
पूर्वमुख्यसचिव अर्यालविरुद्ध पक्राउ पुर्जी जारी
२०८३ मंग्सिर ३, बिहिबार
त्रिविको M.Ed. र MSSEd परीक्षाका लागि केन्द्र छनोट गर्न मंसिर ७ सम्मको समय
२०८३ मंग्सिर ३, बिहिबार
विद्येयकमा ‘वेश्यावृत्ति’ शब्द हटाउन सांसदहरूको माग, शोषणसम्बन्धी परिभाषा फराकिलो बनाउन सुझाव
२०८३ मंग्सिर ३, बिहिबार
चितवनलाई ३  विकेटले हराउँदै सुदूरपश्चिम रोयल्स तेस्रो पटक एनपीएलको फाइनलमा
२०८३ मंग्सिर ३, बिहिबार