कार्तिक २९, २०८३ आइतबार November 15, 2026

चन्दननाथ मनदिरमा ठड्याइए नयाँ लिंगा

मन्दिरमा लिंगा ठड्याएपछि मात्रै जुम्लीको घरघरमा दशैंलाईऔपचारिक रुपमा स्वागत गर्ने प्रचलन

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौंः कर्णालीको प्रसिद्ध चन्दननाथ भैरवनाथ मन्दिरमा ५२ हाते लिङ्गा ठड्याइएको छ। हरेक वर्ष घटस्थापना दिन लिंगा फेर्ने प्रचलन अनुसार चन्दननाथ भैरवनाथ मन्दिरमा ध्वजा सहित ५२ हातका लिंगा ठड्याइएको हो।

मन्दिरमा लिंगा ठड्याएपछि मात्रै जुम्लीको घरघरमा दशैंलाईऔपचारिक रुपमा स्वागत गर्ने प्रचलन रहेको छ। निकै लामा र भारी लिंगा ठड्याउन स्थानीय, प्रहरी, सशस्त्र र नेपाली सेना समेत जुटने गर्छन्।

परापुर्वकालदेखिनै चन्दननाथ भैरवनाथ मन्दिरमा चार विजय स्तम्भ सहित चार वटा पुराना लिंगा निकालेर नयाँ लिंगा ठड्याउने परम्परा रहेको छ। जुम्ला चन्दननाथ नगरपालिकाको ढाणथपला बनबाट लिंगा ल्याउने गरिन्छ। लिंगा काट्ने काम भने हरेक वर्ष ऋषि पञ्चमिमा गरिन्छ।

चन्दननाथ भैरवनाथ मन्दिरमा लिंगा गाडिसकेपछि मात्रै घर फर्केर जमरा राख्ने गरिन्छ। लिंगा काट्ने, तान्ने र ठड्याउने दिन निकै बाक्लो उपस्थिति हुने हुदा रमाइ रमाइ यी काम हरु हुने गर्दछन्।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
सुनसरीमा छठ पर्वका सामग्रीको व्यापार बढ्यो, पूजास्थल तयार
२०८३ कार्तिक २९, आइतबार
छठ महापर्व नेपाली समाजको अद्वितीय सांस्कृतिक अनुष्ठानः उपराष्ट्रपति यादव
२०८३ कार्तिक २९, आइतबार
छठी मैयाको कृपाले सबैको जीवनमा सुख, शान्ति र समृद्धि छाओस् : गगन थापा
२०८३ कार्तिक २९, आइतबार
ट्राफिक नियम उल्लंघन गर्ने ५५७ सवारी चालक ट्राफिक फन्दामा
२०८३ कार्तिक २९, आइतबार
खगोलविज्ञान ओलम्पियाडमा नेपाललाई पहिलो रजतसहित चार पदक
२०८३ कार्तिक २९, आइतबार
पश्चिमी वायुका प्रभावले केही स्थानमा वर्षा र हिमपातको सम्भावना
२०८३ कार्तिक २९, आइतबार
राष्ट्र बैंकद्धारा आजका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक
२०८३ कार्तिक २९, आइतबार