भाद्र ५, २०८३ शुक्रबार August 21, 2026

क्लासिक टेकको दशैँ अफर: “१ वर्षको मूल्यमा २ वर्षको इन्टरनेट”

वाई–फाई सिक्स राउटरमा एउटै नेटवर्कमा धेरै डिभाइस जडान हुँदा पनि इन्टरनेटको स्पीड नघट्ने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । उत्कृष्ट नेटवर्क इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेकले यस वर्षको दशैं विशेष अफर सार्वजनिक गरेको छ। कम्पनीका अनुसार, यो अफरअन्तर्गत ग्राहकहरूले ७० Mbps इन्टरनेट जडान गर्दा मात्र रु ४४३ प्रति महिनामा वाई–फाई सिक्स राउटर पाउनेछन्। साथै, १ वर्षको मूल्यमा २ वर्ष इन्टरनेट सेवा उपलब्ध हुने भएको छ।

कम्पनीले यस अफरलाई १०० Mbps, २०० Mbps र ३०० Mbps सम्मका अन्य इन्टरनेट प्लानहरूमा पनि लागू गर्ने जनाएको छ। साथै, इन्टरनेटसँगै आइपी टिभी सेवा पनि उपलब्ध छ, जसअन्तर्गत मात्र रु २५० प्रति महिनामा स्मार्ट सेट–टप बक्समार्फत विभिन्न टेलिभिजन च्यानलहरू हेर्न सकिने छ।

क्लासिक टेकका अनुसार वाई–फाई सिक्स राउटरमा एउटै नेटवर्कमा धेरै डिभाइस जडान हुँदा पनि इन्टरनेटको स्पीड नघट्ने, ५० भन्दा बढी डिभाइस सपोर्ट गर्ने क्षमता, कम लेटेन्सीका कारण गेमिङ, भिडियो स्ट्रिमिङ र भिडियो कलमा ढिलाइ नहुने, डबल ब्याण्ड (2.4GHz र 5GHz) सुविधा तथा ब्याट्री बचत (Target Wake Time) सुविधा जस्ता विशेषता रहेका छन्।

कम्पनीले सधैं प्रविधि र सेवामा अग्रणी रहँदै ग्राहकको आवश्यकतानुसार उच्च स्पीड र भरपर्दो इन्टरनेट सेवा उपलब्ध गराउने प्रतिबद्धता जनाएको छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
अब भरतपुर अस्पतालको प्रयोगशालाको नतिजा अनलाइनबाट
२०८३ भाद्र ६, शनिबार
सोमालियाका बालबालिका सहायता कटौतीबाट गम्भीररूपमा प्रभावितः संयुक्त राष्ट्रसङ्घ
२०८३ भाद्र ६, शनिबार
इरानका लागि युद्ध अन्त्य गर्न अनुकुल समय आएको छः इरानी राष्ट्रपति
२०८३ भाद्र ५, शुक्रबार
टी ट्वान्टी क्रिकेटः नर्दन टेरिटोरी स्ट्राइकसँग नेपाल ‘ए’ पराजित
२०८३ भाद्र ५, शुक्रबार
सवारी दुर्घटनामा दुई जनाको मृत्यु
२०८३ भाद्र ५, शुक्रबार
निजामती कर्मचारीका लागि आइतबारदेखि विशेष ओपिडी
२०८३ भाद्र ५, शुक्रबार
‘आध्यात्मिक शिक्षाले मानिसलाई स्वस्थ र अनुशासित बनाउँछ’:महामन्त्री
२०८३ भाद्र ५, शुक्रबार