मंग्सिर ३, २०८३ बिहिबार November 19, 2026

मेसीको दुई गोल र एक असिस्टसहित इन्टर मायामी प्लेअफमा झनै नजिक

जितसँगै मायामी २९ खेलमा ५५ अंक जोड्दै अंक तालिकाको तेस्रो स्थानमा उक्लियो

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

वाशिंटन, १० असोज । अमेरिकी मेजर लिग सकर (एमएलएस) अन्तर्गत २९औं चरणको खेलमा इन्टर मायामीले न्यूयोर्क सिटीमाथि प्रभावशाली जित निकालेको छ ।

बिहीबार बिहान न्यूयोर्कको घरेलु मैदानमा भएको खेलमा मायामीले घरेलु टोलीलाई ४–० ले पराजित गर्दै प्लेअफ यात्रालाई बलियो बनाएको हो । प्लेअफ प्रतिस्पर्धामा टिकिरहन जित आवश्यक रहेको दवाबपूर्ण खेलमा मायामीले एकतर्फी प्रदर्शन गर्दै ३ महत्वपूर्ण अंक जोड्यो ।

यो जितसँगै मायामी २९ खेलमा ५५ अंक जोड्दै अंक तालिकाको तेस्रो स्थानमा उक्लिएको छ । इन्टर मायामीका लागि पहिलो गोल खेलको ४३औं मिनेटमा बाल्टासार रोड्रिग्वेजले गरे, जुन गोलका लागि कप्तान लिओनल मेसीले उत्कृष्ट पास उपलब्ध गराएका थिए ।

दोस्रो गोल ७४औं मिनेटमा मेसी आफैंले गर्दै टोलीको अग्रता दोब्बर बनाए । उक्त गोलमा सर्जियो बुस्केट्सको पास निर्णायक बन्यो । खेलको ८३औं मिनेटमा मियामीले पाएको पेनाल्टीमा मेसीले आफैं प्रहार नगरी लुइस स्वारेजलाई दिने निर्णय गरे, जसमा स्वारेजले बललाई जाली चुमाउँदै स्कोर ३–० बनाए ।
त्यसपछि ८६औं मिनेटमा मेसीले व्यक्तिगत दोस्रो गोल गर्दै टोलीलाई ४–० को विजयी नतिजामा पु¥याए । मेसीले खेलमा दुई गोल गर्नुका साथै एक असिस्ट समेत गरेका कारण ‘म्यान अफ द म्याच’ घोषित भए । उनको नेतृत्वमा मायामीको प्लेअफ सम्भावना झनै प्रबल बनेको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
नेपालले जुन ३ मा लर्ड्समा बंगलादेशसँग टी-२० अन्तर्राष्ट्रिय खेल्ने
२०८३ मंग्सिर ४, शुक्रबार
दशौँ राष्ट्रिय खेलकुदमा एक हजार ३३७ पदकका लागि प्रतिस्पर्धा हुने
२०८३ मंग्सिर ३, बिहिबार
चालु आवको तीन महिनाः मुद्रास्फीति ६.३७ प्रतिशत
२०८३ मंग्सिर ३, बिहिबार
पूर्वमुख्यसचिव अर्यालविरुद्ध पक्राउ पुर्जी जारी
२०८३ मंग्सिर ३, बिहिबार
त्रिविको M.Ed. र MSSEd परीक्षाका लागि केन्द्र छनोट गर्न मंसिर ७ सम्मको समय
२०८३ मंग्सिर ३, बिहिबार
विद्येयकमा ‘वेश्यावृत्ति’ शब्द हटाउन सांसदहरूको माग, शोषणसम्बन्धी परिभाषा फराकिलो बनाउन सुझाव
२०८३ मंग्सिर ३, बिहिबार
चितवनलाई ३  विकेटले हराउँदै सुदूरपश्चिम रोयल्स तेस्रो पटक एनपीएलको फाइनलमा
२०८३ मंग्सिर ३, बिहिबार