असार २६, २०८२ बिहिबार July 10, 2025

निजी प्रयोगशालामा कोरोना रिपोर्ट पोजेटिभ आए बीमाको भुक्तानी नपाईने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः बिमा समितिले निजी प्रयोगशालामा गरिएको पिसिआर रिपोर्टलाई दावी भुक्तानीका लागि मान्यता नदिने भएको छ । बीमा समितिको मापदण्डअनुसार समितिले हालै बीमा कम्पनीहरुलाई पत्र पठाउँदै स्वास्थ्य मन्त्रालयका निकायबाट पिसिआर परीक्षण गर्दा पोजेटिभ देखिएमा मात्रै दवी भुक्तानी गर्न भनेको छ ।

समितिका सूचना अधिकृत निर्मल अधिकारीले मापदण्डलाई कुनै परिवर्तन गरिएको नभई अहिले स्पष्ट मात्रै पारिएको बताए । सो मापदण्डमा नै स्वास्थ्य मन्त्रालय अन्तर्गतका निकायको प्रयोगशालाबाट आएको रिपोर्टलाई मान्यता दिइने उल्लेख गरिएको छ ।

निजी प्रयोगशालाबाट आउने रिपोर्टलाई मान्यता दिइँदा आर्थिक प्रलोभनमा पारेर, परेर झुटो विवरणमा पोजेटिभ रिपोर्ट बनाउने र त्यसैका आधारमा भुक्तानी दावी हुन सक्ने भएकाले पहिले नै यस्तो व्यवस्था गरिएको बीमा समितिले जनाएको छ ।

मापण्दण्डअनुसार सरकारी निकायका पिसिआर प्रयोगशालाको पोजेटिभ रिपोर्टका आधारमा मात्रै दावी भुक्तानी गर्न पाइन्छ । सूचना अधिकृत अधिकारीका अनुसार पिसिआर रिपोर्ट, दावी भुक्तानीका लागि आवेदन फारम लगायत आवश्यक सबै कागजात बुझाएको ७ दिनभित्र दावी भुक्तानी गर्न कम्पनीहरुलाई निर्देशन दिइएको छ ।

हालसम्म निजीवन बीमा कम्पनीहरुको पुलमार्फत बीमा गर्नेको संख्या ८ लाख ३४ हजार नाघेको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
किमले अचानक हटाए मुख्य अङ्गरक्षक, दिए नयाँलाई जिम्मेवारी
२०८२ असार २६, बिहिबार
गुरु आफ्नो नैसर्गिक स्वभाव चिनाउने पूज्य पात्र हुन् : प्रधानमन्त्री
२०८२ असार २६, बिहिबार
‘भिसा भेरिफिकेसन’ले कैलाश मानसरोवर जाने पर्यटकलाई सास्ती
२०८२ असार २६, बिहिबार
पीएसजीको दमदार प्रदर्शन : चेल्सीसँग उपाधि भिडन्त, ट्रम्प पनि खेल हेर्न आउने
२०८२ असार २६, बिहिबार
थेरापी सेन्टरका कर्मचारीलाई ऋण खोजेर तलब खुवाँइदै
२०८२ असार २६, बिहिबार
मीन माध्यमिक विद्यालयको छानो बनाउन इन्भेष्टमेन्ट मेगा बैंकको सहयोग
२०८२ असार २६, बिहिबार
छ करोडमा पाँच श्ययाको अस्पताल भवन निर्माण
२०८२ असार २६, बिहिबार