मंग्सिर ३, २०८३ बिहिबार November 19, 2026

ठोरीमा सर्वाधिक धनराशिको फुटबल प्रतियोगिता सुरु, १६ टोलीको सहभागिता

विजेताले ३ लाख ५० हजार रुपैयाँ र उपविजेताले १ लाख ७५ हजार रुपैयाँ नगदसहित ट्रफी पाउने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौँ । पर्सा जिल्लाकै ग्रामीण क्षेत्रमा हुनेमध्ये सर्वाधिक धनराशिको फुटबल प्रतियोगिता ठोरी गाउँपालिकामा मङ्गलवारदेखि सुरु भएको छ ।

ठोरी–४ को विजयवस्ती खेल मैदानमा सुरु भएको प्रतियोगितामा नेपालका विभिन्न जिल्लाबाट कुल १६ टोलीको सहभागिता रहेको छ । प्रतियोगितामा चितवन, मकवानपुर, सर्लाही, झापा, बारा र पर्साका टोलीहरूले भाग लिएका छन् ।

आगामी कात्तिक ४ गतेसम्म चल्ने यस प्रतियोगिताको विजेताले ३ लाख ५० हजार रुपैयाँ र उपविजेताले १ लाख ७५ हजार रुपैयाँ नगदसहित ट्रफी प्राप्त गर्नेछन् ।

समाजसेवी स्वर्गीय रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो संस्करणको प्रतियोगिताको उद्घाटन गर्दै ठोरी गाउँपालिकाका अध्यक्ष लालबहादुर श्रेष्ठले प्रतियोगिताले ठोरीमा खेलकुद पर्यटन प्रवद्र्धन गर्ने विश्वास व्यक्त गर्नुभयो ।

उद्घाटन खेलमा भरतपुर फुटबल क्लब चितवनले मिलन युथ जमात झापालाई २–१ गोल अन्तरले पराजित गरेको छ ।

अब पहिलो चरणको दोस्रो खेल असोज १८ गते हुने आयोजकले जानकारी दिएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
नेपालले जुन ३ मा लर्ड्समा बंगलादेशसँग टी-२० अन्तर्राष्ट्रिय खेल्ने
२०८३ मंग्सिर ४, शुक्रबार
दशौँ राष्ट्रिय खेलकुदमा एक हजार ३३७ पदकका लागि प्रतिस्पर्धा हुने
२०८३ मंग्सिर ३, बिहिबार
चालु आवको तीन महिनाः मुद्रास्फीति ६.३७ प्रतिशत
२०८३ मंग्सिर ३, बिहिबार
पूर्वमुख्यसचिव अर्यालविरुद्ध पक्राउ पुर्जी जारी
२०८३ मंग्सिर ३, बिहिबार
त्रिविको M.Ed. र MSSEd परीक्षाका लागि केन्द्र छनोट गर्न मंसिर ७ सम्मको समय
२०८३ मंग्सिर ३, बिहिबार
विद्येयकमा ‘वेश्यावृत्ति’ शब्द हटाउन सांसदहरूको माग, शोषणसम्बन्धी परिभाषा फराकिलो बनाउन सुझाव
२०८३ मंग्सिर ३, बिहिबार
चितवनलाई ३  विकेटले हराउँदै सुदूरपश्चिम रोयल्स तेस्रो पटक एनपीएलको फाइनलमा
२०८३ मंग्सिर ३, बिहिबार