बैसाख ४, २०८३ शुक्रबार April 17, 2026

बालकुमारी बहुमुखी क्याम्पस प्रमुख खनालको निधन

नेपाल पब्लिक क्याम्पस सङ्घ चितवनका पूर्वअध्यक्ष समेत हुन्

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

चितवन, २० असोजः बालकुमारी बहुमुखी क्याम्पस नारायणगढका प्रमुख जगदीश्वर खनालको निधन भएको छ । उहाँको आइतबार साँझ बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा उपचारका क्रममा निधन भएको हो ।

तनहुँको साबिक तनहुँसुर गाउँ विकास समिति वडा नम्बर १ आमडाँडा चुदीमा विसं २०२२ मा जन्मिनुभएका खनालको ६० वर्षको उमेरमा क्यान्सर रोगका कारण निधन भएको हो ।

विसं २०५३ देखि बालकुमारी क्याम्पसमा प्राध्यापन गर्दै आउनुभएका खनाल नेपाल पब्लिक क्याम्पस सङ्घ चितवनको अध्यक्ष, नवचितवन साकोसका निवर्तमान अध्यक्ष एवं सल्लाहकार, नेपाल रेडक्रस सोसाइटी भरतपुर उपशाखाका पूर्वसभापति एवं सल्लाहकार, खनाल सेवा केन्द्रीय समिति भरतपुरको सदस्य, अरोमा इङ्गलिस स्कुल भरतपुरको संस्थापक सदस्यजस्ता सामाजिक एवं शैक्षिक संस्थामा रहेर काम गर्नुभएको थियो ।

निडर र प्रस्ट वक्ताका रूपमा रहनुभएका खनालका एक श्रीमती, एक छोरा र एक छोरी हुनुहुन्छ । उहाँका आठ दाजुभाइ र एक दिदीबहिनीमध्ये उहाँ तेस्रो सन्तानका रूपमा रहनुभएको थियो । विगत केही वर्षदेखि खनाल क्यान्सर रोगसँग लड्दै आउनुभएको थियो । उहाँको आज देवघाटमा धार्मिक परम्पराअनुसार अन्त्येष्टि गरिएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
सर्वोच्चको फैसला जित हारको विषय होइन : महामन्त्रीद्वय
२०८३ बैसाख ५, शनिबार
काँग्रेसमा विशेष महाधिवेशन वैधानिक ठहर, गगन थापा नेतृत्व आधिकारिक (संक्षिप्त आदेशसहित)
२०८३ बैसाख ४, शुक्रबार
सङ्घीय सरकार मातहत रहेका कामलाई प्राथमिकता दिन आग्रह
२०८३ बैसाख ४, शुक्रबार
सुधारका लागि निरन्तर खबरदारी गर्न शिक्षा मन्त्री पोखरेलको आग्रह
२०८३ बैसाख ४, शुक्रबार
पिएम कप इतिहासमा आर्मीको अर्को सफलता : सुदूरपश्चिम ५ विकेटले पराजित
२०८३ बैसाख ४, शुक्रबार
अतिक्रमण र कब्जा गरिएका सम्पत्ति ३५ दिनभित्र फिर्ता गर्न त्रिविको आग्रह
२०८३ बैसाख ४, शुक्रबार
आमा र छोरीबीचको कथामा बनेको ‘लालीबजार’ को ट्रेलर सार्बजनिक
२०८३ बैसाख ४, शुक्रबार