बैसाख ४, २०८३ शुक्रबार April 17, 2026

विद्यार्थीले तयार गरेका बाँसका सामग्री अतिथिलाई उपहार

बाँसका सामान बिक्रीबाट भएको रकम विद्यार्थी र विद्यालयको आयआर्जनसँग जोडिदैं

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

गण्डकी, २ वैशाखः विभिन्न औपचारिक समारोहमा आमन्त्रित पाहुनालाई सम्झनास्वरुप बजारबाट आयातित सामग्री उपहार दिने परम्परा सामान्यजस्तै बनेको छ । तर पोखरा महानगरपालिका–१७ मा हालै आयोजित एक कार्यक्रमले यो परम्परालाई फरक ढङ्गले प्रस्तुत गरिएको छ ।

नवनिर्मित वडा कार्यालय भवनको उद्घाटन समारोहमा सहभागी अतिथिहरूलाई स्थानीय विद्यार्थीका सिर्जनात्मक हातबाट बनेका बासका सामग्री उपहार प्रदान गरिएको थियो । जानकी माध्यमिक विद्यालय पोखरा– १७ महतगौडामा कक्षा ५ देखि ८ मा अध्ययनरत विद्यार्थीले निर्माण गरेका सामग्री वितरण गरिएको हो ।

विद्यार्थीले तयार पारेका बाँसका पेन होल्डर, ढकियालगायतका सामाग्री वडाध्यक्ष राधिका शाही योगीले नगरप्रमुख धनराज आचार्य, उपप्रमुख मञ्जुदेवी गुरुङ र प्रमुख प्रशासकीय अधिकृत मुक्तिराज अर्याललाई हस्तान्तरण गर्नुभयो । उक्त सामग्री केवल उपहारमात्र नभई विद्यार्थीको सीप, मेहनत र सिर्जनशीलताको प्रतीक बनेको थियो ।

कार्यक्रममा उपस्थित अधिकांश सहभागीहरूले परम्परागत उपहारभन्दा फरक, स्थानीय स्रोत र श्रमको प्रयोगबाट बनेका सामग्रीले गहिरो प्रभाव पारेको प्रतिक्रिया दिएका थिए । बजारमा सजिलै पाइने वस्तुभन्दा आफ्नै गाउँ समुदायका बालबालिकाले बनाएका सामग्रीले आत्मीयता र मौलिकताको अनुभूति गराएको उनीहरूको सामुहिक भनाई थियो ।

गण्डकी प्रदेश सामाजिक विकास मन्त्रालय शिक्षा विकास निर्देशनालयको आर्थिक सहयोगमा विद्यार्थीका लागि सिक्दै कमाउँदै, कमाउँदै सिक्दै कार्यक्रम अन्तर्गतको एक लाख ५० हजार रुपैयाले तालिम सञ्चालन गरिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हरिप्रसाद बास्तोलाले जानकारी दिनुभयो ।

विद्यालय विदाको समयको सदुपयोग गर्दै सञ्चालन गरिएको उक्त तालिमले विद्यार्थीलाई सीपमूलक शिक्षासंग जोड्नुका साथै उनीहरुमा आत्मनिर्भरता र सृजनशीलता विकास गर्न मद्दत पुगेको उहाँको भनाइ छ । बाँसका सामान बिक्रीबाट भएको रकम विद्यार्थी र विद्यालयको आयआर्जनसँग जोडिने गरेको विद्यालयका प्रधानाध्यापक अर्जुन कँडेलले जानकारी दिनुभयो ।

स्थानीय स्रोत, सीप र सिर्जनालाई प्राथमिकता दिने यस्तो अभ्यासले एकातिर आयातित वस्तुमा निर्भरता घटाउने सङ्केत दिएको छ भने अर्कातर्पm विद्यार्थीको प्रतिभा उजागर गर्ने अवसरसमेत सिर्जना गरेको प्रशिक्षक कमल आचार्य बताउनुहुन्छ । तालिममा २५ जना विद्यार्थीको सहभागिता रहँदै आएको छ । यस घटनाले औपचारिक कार्यक्रममा प्रयोग हुने उपहारको परम्परामा नयाँ सोच र दिशाको सङ्केत गर्दै स्थानीय उत्पादन, स्थानीय सम्मान भन्ने सन्देश प्रवाह गरेको उहाँको भनाइ छ । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
सुधारका लागि निरन्तर खबरदारी गर्न शिक्षा मन्त्री पोखरेलको आग्रह
२०८३ बैसाख ४, शुक्रबार
पिएम कप इतिहासमा आर्मीको अर्को सफलता : सुदूरपश्चिम ५ विकेटले पराजित
२०८३ बैसाख ४, शुक्रबार
अतिक्रमण र कब्जा गरिएका सम्पत्ति ३५ दिनभित्र फिर्ता गर्न त्रिविको आग्रह
२०८३ बैसाख ४, शुक्रबार
आमा र छोरीबीचको कथामा बनेको ‘लालीबजार’ को ट्रेलर सार्बजनिक
२०८३ बैसाख ४, शुक्रबार
स्वास्थ्य संस्थामा पनि शनिबार र आइतबार बिदा दिइने
२०८३ बैसाख ४, शुक्रबार
ट्रेड युनियन अधिकार खारेज गर्ने सरकारको निर्णयमा संगठनहरूको ध्यानाकर्षण
२०८३ बैसाख ४, शुक्रबार
श्रम ऐनबमोजिम कामदार राख्न मन्त्रालयको अनुरोध
२०८३ बैसाख ४, शुक्रबार