असार ५, २०८३ शुक्रबार June 19, 2026

काँग्रेसमा विशेष महाधिवेशन वैधानिक ठहर, गगन थापा नेतृत्व आधिकारिक (संक्षिप्त आदेशसहित)

निर्वाचन आयोगको निर्णय सदर, देउवा पक्षलाई झट्का

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं, ४ वैशाख। सर्वोच्च अदालतले नेपाली कांग्रेसको विशेष महाधिवेशनलाई वैधानिक ठहर गर्दै गगन थापा नेतृत्वको केन्द्रीय कार्यसमितिलाई आधिकारिकता प्रदान गरेको छ।

शेरबहादुर देउवासहित दुई जनाले निर्वाचन आयोगलगायत चार जनालाई विपक्षी बनाउँदै दायर गरेको रिट निवेदन अदालतले खारेज गरेको हो।

उक्त रिटमाथि न्यायाधीशद्वय शारङ्गा सुवेदीनृपध्वज निरौलाको संयुक्त इजलासमा गत बिहीबारदेखि सुनुवाइ भइरहेको थियो। अन्ततः सर्वोच्चले निर्वाचन आयोगको निर्णयलाई नै सदर गर्दै गगन थापा नेतृत्वलाई आधिकारिकता दिएको हो।

यस निर्णयसँगै लामो समयदेखि जारी रहेको नेपाली कांग्रेसभित्रको आधिकारिकता विवाद अन्त्यतिर पुगेको छ भने आधिकारिकताको दाबी गर्दै आएको देउवा पक्षलाई ठूलो झट्का लागेको छ।

अदालतको यस फैसलाले कांग्रेसको आन्तरिक शक्ति सन्तुलनमा महत्वपूर्ण प्रभाव पार्ने अपेक्षा गरिएको छ। साथै, आगामी संगठनात्मक गतिविधि र महाधिवेशन प्रक्रियामा पनि यसको प्रत्यक्ष असर पर्ने देखिएको छ।

संक्षिप्त फैसलाको पूर्णपाठ हेर्नुहोस्ः

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
पूर्व रक्षामन्त्रीलाई तीन वर्ष जेल सजाय
२०८३ असार ५, शुक्रबार
सहमतिकै आधारमा नेतृत्व चयन गर्ने प्रयास भइरहेको छ : महामन्त्री शाह
२०८३ असार ५, शुक्रबार
बजेट कार्यान्वयन हुँदैन भन्ने ‘भाष्य’ अब अन्त्य हुनुपर्छ : अर्थमन्त्री वाग्ले
२०८३ असार ५, शुक्रबार
रूस ‘बिना शर्त’युरोपसँग वार्ताका लागि तयार
२०८३ असार ५, शुक्रबार
रवि लामिछानेमाथिको सङ्गठित अपराधको अभियोग हट्यो, सहकारी ठगी मुद्दा यथावत्
२०८३ असार ५, शुक्रबार
प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक
२०८३ असार ५, शुक्रबार
काठमाडौं राप्रपामा विद्रोह, अध्यक्ष सिम्खडासहित १०७ जनाले छाडे पार्टी
२०८३ असार ५, शुक्रबार