मंग्सिर ८, २०८३ मंगलबार November 24, 2026

चितवनमा थप ९ जनामा कोरोना संक्रमण पुष्टि

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डाैंः चितवनको भरतपुर कोभिड प्रयोगशालामा गरिएको परीक्षणमा थप ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । आज बिहान सार्वजनिक विवरण अनुसार चितवनका ७ जना र नवलपरासी पूर्व र रुपन्देहीका एक एक जनामा संक्रमण पुष्टी भएको हो ।

चितवनको भरतपुर महानगरपालिका वडा नं ६, १०, ११ र १४ का ४ पुरुष र ३ महिलामा संक्रमण पुष्टि भएको छ । उनीहरुमध्ये पुरुष १४ देखि ४७ वर्ष उमेर समूहका छन् भने महिलाहरु २६, ३४ र ३६ वर्षका छन् । उनीहरुको स्वाब क्‍वारेन्टाइन, भरतपुर अस्पताल स्वाब संकलन केन्द्र र बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालबाट संकलन गरिएको हो ।

भरतपुर अस्पताल स्वाब संकलन केन्द्रबाट स्वाब संकलन गरिएका नवलपरासी पूर्वको गैंडाकोटका ६० वर्षीय पुरुषमा पनि कोरोना संक्रमण देखिएको छ भने भरतपुर अस्पतालमा उपचाररत रुपन्देहीका ४२ वर्षीय पुरुषमा पनि कोरोना देखिएको छ ।

प्रयोगशालामा शुक्रबार राति १२ बजेसम्म परीक्षण गरिएका २३४ नमूनाहरुमध्ये ९ वटाको रिपोर्ट पोजेटिभ आउँदा अन्य २२५ नमुनाको रिपोर्ट भने नेगेटिभ आएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया