भाद्र ५, २०८३ शुक्रबार August 21, 2026

प्रेस काउन्सिल नेपालले पत्रकार आचारसंहिता अनुगमनलाई थप प्रभावकारी बनाउने

आचारसंहिता उल्लङ्घनका प्रवृत्ति, उजुरी र स्वअनुगमनलगायत सम्बन्धमा विभिन्न छ वटा निर्णय

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ, असोज २४ गते । प्रेस काउन्सिल नेपालले पत्रकार आचारसंहिता अनुगमनलाई थप प्रभावकारी बनाउने निर्णय गरेको छ । आज काउन्सिलका सदस्य बालकृष्ण अधिकारीको अध्यक्षतामा बसेको बैठकले आचारसंहिता उल्लङ्घनका प्रवृत्ति, उजुरी र स्वअनुगमनलगायत सम्बन्धमा विभिन्न छ वटा निर्णय गरेको छ ।

कतिपय मिडियाबाट भ्रामक सूचनाहरू सम्प्रेषण भइरहेको गुनासा आइरहेको र काउन्सिलको अनुगमनबाट त्यस्तो देखिएको ठहर बैठकले गरेको छ । बदलिँदो परिस्थितिसँगै प्रतिनिधिसभा निर्वाचनको मिति तय भएको अवस्थामा थप जिम्मेवार भई आचारसंहिता पालनामा ध्यान दिन पत्रकार र सञ्चारमाध्यमलाई आह्वान गर्ने निर्णय काउन्सिलले गरेको छ ।

त्यसैगरी आचारसंहिता अनुगमनलाई थप चुस्तदुरुस्त बनाउन काउन्सिलका तीन सदस्यलाई  ‘फोकल पर्सन’ तोक्ने निर्णय गरेको छ । उजुरी तथा गुनासा सुन्ने व्यवस्था पनि गरेको छ । फोकल पर्सनमा टेलिभिजन, एफएम रेडियोतर्फ नकुल अर्याल, छापा माध्यमतर्फ पदमराज जोशी र अनलाइन सञ्चारमाध्यमतर्फ शन्तराम बिडारीलाई फोकल पर्सन तोकिएको छ ।

त्यसैगरी सातै प्रदेशमा आचारसंहिता, मिडिया अनुगमन तथा श्रमजीवी पत्रकार र मिडियाको अवस्था सम्बन्धमा अन्तरक्रिया गर्ने पनि बैठकले निर्णय गरेको छ । गत भदौ ५ देखि असोज ५ सम्म सञ्चार माध्यमबाट सम्प्रेषित सामग्रीको विशेष अनुगमन गर्ने काउन्सिलले निर्णय गरेको छ । जसका लागि सदस्य बालकृष्ण अधिकारीको संयोजकत्वमा विज्ञसहितको कार्यदल गठन गर्ने निर्णय गरेको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
अब भरतपुर अस्पतालको प्रयोगशालाको नतिजा अनलाइनबाट
२०८३ भाद्र ६, शनिबार
सोमालियाका बालबालिका सहायता कटौतीबाट गम्भीररूपमा प्रभावितः संयुक्त राष्ट्रसङ्घ
२०८३ भाद्र ६, शनिबार
इरानका लागि युद्ध अन्त्य गर्न अनुकुल समय आएको छः इरानी राष्ट्रपति
२०८३ भाद्र ५, शुक्रबार
टी ट्वान्टी क्रिकेटः नर्दन टेरिटोरी स्ट्राइकसँग नेपाल ‘ए’ पराजित
२०८३ भाद्र ५, शुक्रबार
सवारी दुर्घटनामा दुई जनाको मृत्यु
२०८३ भाद्र ५, शुक्रबार
निजामती कर्मचारीका लागि आइतबारदेखि विशेष ओपिडी
२०८३ भाद्र ५, शुक्रबार
‘आध्यात्मिक शिक्षाले मानिसलाई स्वस्थ र अनुशासित बनाउँछ’:महामन्त्री
२०८३ भाद्र ५, शुक्रबार