भाद्र ५, २०८३ शुक्रबार August 21, 2026

बझाङको तलकोटमा नेपाल टेलिकमको फोरजी सेवा सुरु

तलकोटका वडा नं. १ र ४ मा फोरजी सेवा सुरु भइसकेको र अन्य नजिकका वडामा छिट्टै सञ्चालन हुने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ, असोज ३१ गते । सुदूरपश्चिम प्रदेशअन्तर्गत बझाङको तलकोटमा बिहीबारदेखि नेपाल टेलिकमको फोरजी सेवा सुरु भएको छ। तलकोट गाउँपालिका–४ बुङ्गाडाँडामा नयाँ बिटीएस टावर सञ्चालनमा आएपछि फोरजी सेवा उपलब्ध भएको हो।

टेलिकमका इन्जिनियर तिलक धामीका अनुसार अब टुजी सेवा क्रमशः हट्दै जानेछ। यससँगै तलकोटका वडा नं. १ र ४ मा फोरजी सेवा सुरु भइसकेको र अन्य नजिकका वडामा छिट्टै सञ्चालन हुने टेलिकमले जनाएको छ।

सञ्चारमन्त्री जगदीश खरेलको समन्वयमा दुर्गम क्षेत्रमा फोरजी सेवा विस्तार गरिएको हो। मन्त्री खरेलले बझाङ, बाजुरा र जाजरकोटलगायत जिल्लामा टेलिफोन तथा इन्टरनेट सेवा सुधारका लागि निरन्तर पहल भइरहेको बताए।

स्थानीय वडाअध्यक्ष गोरख बहादुर जेठाराले फोरजी सञ्चालनले आपतकालीन सम्पर्क र दैनिक कारोबारमा सहजता ल्याएको बताए।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
अब भरतपुर अस्पतालको प्रयोगशालाको नतिजा अनलाइनबाट
२०८३ भाद्र ६, शनिबार
सोमालियाका बालबालिका सहायता कटौतीबाट गम्भीररूपमा प्रभावितः संयुक्त राष्ट्रसङ्घ
२०८३ भाद्र ६, शनिबार
इरानका लागि युद्ध अन्त्य गर्न अनुकुल समय आएको छः इरानी राष्ट्रपति
२०८३ भाद्र ५, शुक्रबार
टी ट्वान्टी क्रिकेटः नर्दन टेरिटोरी स्ट्राइकसँग नेपाल ‘ए’ पराजित
२०८३ भाद्र ५, शुक्रबार
सवारी दुर्घटनामा दुई जनाको मृत्यु
२०८३ भाद्र ५, शुक्रबार
निजामती कर्मचारीका लागि आइतबारदेखि विशेष ओपिडी
२०८३ भाद्र ५, शुक्रबार
‘आध्यात्मिक शिक्षाले मानिसलाई स्वस्थ र अनुशासित बनाउँछ’:महामन्त्री
२०८३ भाद्र ५, शुक्रबार