जेठ ७, २०८१ सोमबार May 20, 2024

रातो मच्छिन्द्रनाथको रथ आज सोह्रखुट्टे पाटीसम्म तानिने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डाैंः ललितपुरको रातो मच्छिन्द्रनाथको रथ आज तानिले भएको छ । कोरोनाको जोखिमका कारण अन्योलमा परेको रथलार्ई पुल्चोकको सोह्रखुट्टे पाटीसम्म तानिन लागेको हो । यससँगै आज ललितपुरका बासिन्दाले छ्वयलाभू बनाउने भएका छन् ।

जात्रा व्यवस्थापन समितिका ४०, ४० जना गरेर १६० जनाले रथ तान्ने भएका हुन् । रथ तान्नको लागि उनीहरु आज दिउँसो ३ बजे गाः बहालमा भेला हुने बताइएको छ । रथ तान्नेहरूको पहिचानको लागि काय्गुननी टोलले १६० वटा टिसर्ट र १६० वटा टोपीको व्यवस्था गर्ने भएको छ ।

स्वास्थ्य मापदण्ड पूरा गरेर व्यवस्थित तरिकाले रातो मच्छिन्द्रनाथको रथलाई अहिले राखिएको ठाउँबाट अलि पर तानिने भएको छ भने अहिले गाःबहालमा राखिएको मीननाथको रथलाई पुल्चोकसम्म तानिने छ । दुवै रथलाई तानेर सोह्रखुट्टे पाटीसम्म पु¥याइने तयारी गरिएको हो ।

भोलि भुज्या मनाउने तथा मूर्तिलाई बुङ्गमती लैजाने साइत हेरिनेछ भने साइत जुरेमा २६ गते रातो मच्छिन्द्रनाथलाई बुङ्गमती प्रस्थान गरिनेछ । यसैसँगै २०७७ सालको रातो मच्छिन्द्रनाथको जात्रा सम्पन्न गर्ने तयारी गरिएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया