असार २६, २०८२ बिहिबार July 10, 2025

ठेक्का लिएर मल नल्याउने दुई नेपाली कम्पनीमाथि कारबाही, धरौटी जफत हुने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः दिएको समयसिमा भित्र रासायनिक मल आपूर्ति नगर्ने दुई नेपाली ठेकदार कम्पनीलाई कृषि सामग्री कम्पनी लिमिटेडले कारबाही गरेको छ। ५० हजार मेट्रिय टन युरिया मल आयातका लागि शैलुङ इन्टरप्राइजेज र होनिको मल्टिपल प्रालिसँग भएको सम्झौता अनुसार मल ल्याउन नसकेकाले कारबाहीको गर्ने निर्णय गरेको हो।

यी दुई कम्पनीले २५/२५ हजार मेट्रिकटन मल ल्याउने ठेक्का लिएका थिए। तर हालसम्म पनि उनीहरुले मल नल्याइदिँदा देशभर मलको हाहाकार भएको छ। नेकपा अध्यक्ष समेत रहेका पुष्पकमल दहाल ‘प्रचण्ड’का घरबेटीसमेत रहेका ठेकदार शारदाप्रसाद अधिकारीको शैलुङ इन्टरप्राइजेज र हुमनाथ कोइरालाको हानोको मल्टिप्रपोज कम्पनीसँगको ठेक्का सम्झौता रद्ध भएको हो।

उनीहरुको धरौटी जफत गर्ने निर्णय गरेको कृषि मन्त्री घनश्याम भुसालले जानकारी दिए। ‘तत्कालका लागि सम्झौता रद्ध गरिएको छ, धरौटी जफत प्रक्रिया अघि बढाइएको छ,’ मन्त्री भुसालले भने। दुवै कम्पनीलाई थप कानूनी कारबाहीको लागि पनि कम्पनीले तयारी गरिरहेको उनको भनाइ थियो।

कम्पनीको निर्णयपछि दुवै कम्पनीले राखेको पाँच करोड कार्यसम्पादन धरौटी रकम जफत हुने छ। फरक फरक ठेक्कामार्फत ५० हजार मेटि्रक टन युरिया मल ल्याउनका लागि पुस २८ र ४ माघमा गरिएको टेण्डरमा दुई कम्पनीले ठेक्का पाएका थिए। दुवै कम्पनीले गरेको ठेक्का सम्झौताअनुसार साउन १० गतेसम्म पहिलो लट तथा भदौ २० भित्र सबै मल ल्याइसक्नु पर्ने थियो।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
किमले अचानक हटाए मुख्य अङ्गरक्षक, दिए नयाँलाई जिम्मेवारी
२०८२ असार २६, बिहिबार
गुरु आफ्नो नैसर्गिक स्वभाव चिनाउने पूज्य पात्र हुन् : प्रधानमन्त्री
२०८२ असार २६, बिहिबार
‘भिसा भेरिफिकेसन’ले कैलाश मानसरोवर जाने पर्यटकलाई सास्ती
२०८२ असार २६, बिहिबार
पीएसजीको दमदार प्रदर्शन : चेल्सीसँग उपाधि भिडन्त, ट्रम्प पनि खेल हेर्न आउने
२०८२ असार २६, बिहिबार
थेरापी सेन्टरका कर्मचारीलाई ऋण खोजेर तलब खुवाँइदै
२०८२ असार २६, बिहिबार
मीन माध्यमिक विद्यालयको छानो बनाउन इन्भेष्टमेन्ट मेगा बैंकको सहयोग
२०८२ असार २६, बिहिबार
छ करोडमा पाँच श्ययाको अस्पताल भवन निर्माण
२०८२ असार २६, बिहिबार