कार्तिक १२, २०८२ बुधबार October 29, 2025

गृह मन्त्रालयद्वारा ३० जिल्लामा सीडीओ हेरफेर

पर्साका तोयानारायण सुवेदी अर्घाखाँची र उदयपुरका प्रेमप्रसाद लुईँटेल धनुषा सरुवा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं, ९ कार्तिक । गृह मन्त्रालयले आइतबार ३६ जना सहसचिवको सरुवासँगै ३० जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ) हेरफेर गरेको छ।

ललितपुरका सीडीओ सुमन घिमिरेलाई कसुरजन्य सम्पत्ति व्यवस्थापन विभागमा पठाइएका छन् भने प्रेमप्रसाद भट्टराई ललितपुरका नयाँ सीडीओ बनेका छन्। भक्तपुरमा उमेशकुमार ढकाललाई सरुवा गरिएको छ भने पूर्व सीडीओ नमराज घिमिरे राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभागमा गएका छन्।

यस्तै रुपन्देहीका टोकराज पाण्डे लमजुङ, कैलालीका कृष्णप्रसाद लम्साल नवलपरासी, नवलपरासीका हिरालाल रेग्मी कैलाली, महोत्तरीका नारायणप्रसाद रिसाल दोलखा, दोलखाका भोला दाहाल पर्सा, पर्साका तोयानारायण सुवेदी अर्घाखाँची र उदयपुरका प्रेमप्रसाद लुईँटेल धनुषा सरुवा भएका छन्।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया