कार्तिक १७, २०८२ सोमबार November 3, 2025

नेपालमा पहिलो पटक ‘कोरियन एजुकेसन फेयर’ आयोजना हुने

नेपालमा पहिलो पटक कोरियाली शैक्षिक मेला हुँदै

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ । नेपालमा पहिलो पटक ‘कोरियन एजुकेसन फेयर’ आयोजना हुने भएको छ ।

नेपाल शैक्षिक परामर्श सेवा सङ्घ(नेक्सा) ले यही कात्तिक २२ गते उच्च शिक्षाका लागि दक्षिण कोरिया जान चाहने विद्यार्थीलाई लक्षित गर्दै मेला आयोजना गर्न लागेको जनाएको छ ।

मेलामा कोरियामा उच्च शिक्षा अध्ययनका अवसर, सम्भावना र भविष्यको मार्गचित्रबारे प्रत्यक्ष सूचना दिइने आज आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

नेपाली विद्यार्थीका लागि एक आकर्षक अध्ययन गन्तव्यका रूपमा उदाउँदो दक्षिण कोरियाली विश्वविद्यालयले अन्तर्राष्ट्रिय विद्यार्थीमैत्री वातावरण, आधुनिक शैक्षिक पूर्वाधार, प्राविधिक दक्षता र अनुसन्धान–केन्द्रित शिक्षालाई प्राथमिकतामा राख्दै आएको सङ्घको भनाइ छ । ती विश्वविद्यालयमा विशेष छात्रवृत्ति र सहुलियतका बारेमा पनि मेलामा जानकारी मिल्ने तथा त्यहाँ अध्ययनसँगै कमाएर स्वदेश फर्कन पनि सहजे हुने सङ्घका अध्यक्ष सन्तोष खनालले बताउनुभयो ।

करिब पाँच हजार विद्यार्थीले अवलोकन गर्ने अनुमान गरिएको मेलामा चार वटा  कोरियाली विश्वविद्यालयहरू डेवोन विश्वविद्यालय, येवेन कला विश्वविद्यालय, डोन युइ विश्वविद्यालय र नामस्वेल विश्वविद्यालयका प्रतिनिधि र ४० वटा शैक्षिक परामर्श दातृ संस्थाहरूको सहभागिता रहनेछ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
निर्वाचनमय वातावरण बनाउन सञ्चारमाध्यमको भूमिका महत्त्वपूर्ण हुन्छ : कार्यवाहक प्रमुख आयुक्त
२०८२ कार्तिक १७, सोमबार
मतदाता नामावली दर्ता गराउन युवा उत्साहित
२०८२ कार्तिक १७, सोमबार
धवलागिरिका जलजला, मुना र मरेनी क्षेत्रमा थप ‘रेडपाण्डा’ भेटियो
२०८२ कार्तिक १७, सोमबार
गोपाल किराँती नेतृत्वको समाजवादी मोर्चा माओवादी केन्द्रमा समाहित
२०८२ कार्तिक १७, सोमबार
आम्दा अस्पताल : दश वर्षमा करिब नौ लाख बढीलाई स्वास्थ्य सेवा
२०८२ कार्तिक १७, सोमबार
राष्ट्रपतिको कार्यभार उपराष्ट्रपतिलाई
२०८२ कार्तिक १७, सोमबार
भीमफेदी कारागारबाट फरार २६ विदेशी कैदीबन्दी अझै सम्पर्कका आएनन्
२०८२ कार्तिक १७, सोमबार