असार २९, २०८२ आइतबार July 13, 2025

प्रदेश १ मा एकैदिन ८० जनामा कोरोना संक्रमण पुष्टी – १६ जना डिस्चार्ज भएर घर फर्किए

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डाैंः प्रदेश १ मा मंगलबार ८० जना कोरोना भाइरसका नयाँ बिमारी थपिएका छन् । पछिल्लो २४ घण्टामा थपिएकामा सुनसरीमा ३७, मोरङमा २२, झापामा १६, ओखलढुङ्गामा २, इलाम, उदयपुर र प्रदेश १ बाहिरका १–१ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार सुनसरीको इटहरीमा १० महिला ८ पुरुष, दुहवीमा ४ महिला ८ पुरुष, कोशी गाउँपालिकामा २ महिला १ पुरुष, गढी, रामधुनी, इनरुवा, धरानमा १–१ पुरुषको रिपोर्ट पोजेटिभ आएको छ । यता मोरङको विराटनगर महानगरका ११ महिला ६ पुरुष, रतुवामाईका ३ र ग्रामथानका १ पुरुष, बुढीगंगाकी १ महिलामा कोरोना पोजेटिभ देखिएको हो ।

यस्तै झापाको दमकमा २ महिला ४ पुरुष, शिवसताक्षीमा २ महिला १ पुरुष, गौरीगञ्जमा १ महिला १ पुरुष, विर्तामोडमा १ महिला १ पुरुष, बार्हदशी, मेचीनगर र कनकाईमा १–१ पुरुषमा संक्रमण पुष्टि भएको छ । यसैगरी ओखलढुङ्गाको मानेभन्ज्याङका २ पुरुष, इलामकी १ महिला, उदयपुरको चौदण्डीगढीकी १ महिला र प्रदेश १ बाहिरका १ पुरुषको रिपोर्ट पनिनपोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । प्रदेश १ मा कोरोना संक्रमितको संख्या ४ हजार २ सय ५७ पुगेको छ ।

प्रदेश १ मा मंगलबार १६ जना डिस्चार्ज भएका छन् । जिल्ला अस्पताल खोटाङबाट ६, वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान र मेची अस्पताल झापाबाट ५–५ जना डिस्चार्ज भएका हुन् । प्रदेश १ मा डिस्चार्ज हुनेको संख्या १ हजार ९ सय १२ पुगेको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
प्राप्त उपलब्धिको रक्षा गर्नु आजको आवश्यकताः महासचिव पोखरेल
२०८२ असार २९, आइतबार
राष्ट्रपति पौडेलद्वारा दुःख व्यक्त
२०८२ असार २९, आइतबार
नेपाली भाषा, साहित्य र संस्कृतिलाई एकताको सूत्रमा बाँध्ने काम आदिकविबाट : सभामुख घिमिरे
२०८२ असार २९, आइतबार
क्यान्सरका बिरामीलाई औषधि निःशुल्क दिइने
२०८२ असार २९, आइतबार
अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १२ जना पक्राउ
२०८२ असार २९, आइतबार
प्रतिनिधिसभा बैठक सुरु, दुई विधेयक प्रस्तुत हुँदै
२०८२ असार २९, आइतबार
उत्तर कोरियाली नेता किमद्वारा लाभरोभसँगको वार्तामा युक्रेन युद्धमा रुसलाई पूर्ण समर्थन
२०८२ असार २९, आइतबार